विपन्न विद्यार्थीलाई उच्च शिक्षा सम्म अध्ययनका लागि छात्रबृति

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको नलगाड नगरपालिका ४ लहँ स्थित भानुभक्त माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई उच्च शिक्षा सम्म अध्ययन पठनपाठनको ब्यवस्था गरिएको छ ।
झापाली समाज अमेरिका, झापा विकास मञ्च काठ्मान्डौ र योगेश्वर स्मृति प्रतिष्ठान काठ्मान्डौले उक्त विद्यालयका ६ जना छात्रछात्रालाई छात्रबृत्तिको ब्यवस्था गरिएको हो । विद्यालयका अति विपन्न तथा जेहेन्दार ६ देखि ९ कक्षा सम्म अध्ययनरत छात्रछात्रालाई १२ कक्षा सम्म अध्ययनका लागि छात्रबृत्ति प्रदान गरिने भएको अन्र्तरराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले बताए ।


उनका अनुसार भानुभक्त माविमा कक्षा ६ का राजेन्द्र वली, कक्षा ७ का अनिल वली र प्रकाश कुमाई, कक्षा ८ का खिमसरा थापा र लोकेश रावल, कक्षा ९ का अस्मिता वि.क.लाई छात्रबृत्ति प्रदान गरिएको हो । उनीहरु सवैलाई १२ कक्षा सम्म अध्ययन गर्दा सम्म बार्षिक २१ हजारका दरले छात्रबृत्ति प्रदान गरिनेछ । पहिलो किस्ता स्वरुप ११ हजारका दरले छात्रबृत्ति प्रदान गरिएको ढुङ्गानाले बताए । कपी, कलम, पोशाक लगायतका समग्री किन्न र पढनपाठनका लागि आवश्यक थप सहयोग गर्नका लागि यस बर्ष देखि दुर्गमका विद्यार्थीलाइ छात्रबृत्ति कार्यक्रम गरिएको योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीले बताए ।

उनले आफ्ना स्वर्गीय बुवा योगेश्वर कार्की र आफुले पढाएको जाजरकोटको दुर्गम विद्यालयका विद्यार्थीलाई थोरै भएपनि पढाईमा सहयोग पुगोस भनेर छात्रबृत्ति कार्यक्रम सुरु गरिएको बताए । यसलाई निन्तरता दिने उनको भनाई छ । प्रतिष्ठानबाट विद्यालयमा पुस्तकालय समेत स्थापना गरिएको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक किशोर शाहीले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेर उदाहरणीय काम गर्ने दाताहरुलाई धन्यवाद दिदै विद्यालयको शैक्षिक उन्नयनमा सवै सँग हातेमालो गदै अघि बढ्ने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad