माछा मार्न गएका शिक्षकलाई बाढीले बगाउँदा गयो ज्यान

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट
रातीमा माछा मार्न खोलामा जाँदा अएको बाढीले बगाउँदा जाजरकोटमा एक शिक्षकको ज्यान गएको छ । बाढीमा परि माछा मार्न गएका अरु ६ जना घाइते भएका छन् । घाइतेको उद्धार गरेर तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक रहेका थिए ।
बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएको प्रहरीले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad