नलगाडका भुकम्प पिडित पहाड खस्ने त्रासले निदाउँदैनन्

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट नलगाड नगरपालिका १ पाली गाँउका ८४ बर्षिय गोरे पुन भुकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका छन् । तर त्यही त्रिपालमा पनि उनले चैनले सुत्न सक्दैनन् । एकातिर मुटु छेड्ने चिसोले सताईरहेको छ भने अर्कोतिर गाँउ माथि अजंगको पहाड छ । पाली गाँउको सिरानमा रहेका राता पर र थुम्केवाजा भन्ने पहाडका थुम्का चिरा परेका छन् । ति पहाड जतिवेला पनि खस्न सक्छन् भन्ने डर लाग्छ उनले भने ‘रातभर निदाउनै सकिदैन । सुतेको बेला पहाड खस्छ कि भन्ने चिन्ताले सताईरहेको छ । महिना दिन भयो राम्रो सँग सुत्न सकेको छैन । आफ्नो भन्दा छोरानातीको चिन्ता लाग्छ । निन्द्रा नै हरायो ।’ भुकम्पले लेक, औल र गाँउमा रहेका ६ वटा घर भत्किएका छन् । उनले सरकारलाई विज्ञ पठाएर स्थलगत अध्ययन गर्न माग गरे ।

पाली गाँउको सिरानका थुम्का र बस्ती चिराचिरा परेको छ । पहाडको काखमा रहेको पाली गाँउ भुकम्प पछि निकै असुरक्षित छ । सवै त्रासमा छौ स्थानिय नरजीत रानाले भने भुकम्प पछि हाम्रो भोक निन्द्रा सवै हरायो । गाँउ तल छ माथि डाँडो भासिएको छ चिराचिरा परेको छ । बर्षात हुन थालेको छ । चिरा परेको भागमा पानी परेपछि पहिरो आउन सक्ने त्रासमा छौ । करीब ६० घरधुरी रहेको पाली गाँउका सवै त्रासमै रहेको उनले सुनाए । त्रिपालमा बसेर पनि हामी सुरक्षित हुने अवस्था छैन । माथिबाट पहाड खस्ने डर छ उनले भने ‘यो बस्ती यहाँ बस्न मिल्छ कि मिल्दैन । यस ठाँउको भौगर्भिक अध्ययन गर्न आवश्यक छ । यदि जोखिम यसरी कायमै रहने हो भने बस्ती नै सार्नु पर्ने हुन्छ । यसको लागि सरकारले बेलैमा केही पहल गरोस ।’ पराकम्पन आईरहेका छन् । जमिन हल्लीरहेको छ । जमिन हल्लिदा माथी पहाडबाट माटो खसेको देखिन्छ त्यही भएर पनि झन स्थानिय आत्तिने गरेको उनले सुनाए ।
त्यस्तै, नलगाड नगरपालिका १ चिउरी गाँउ जहाँ भुकम्पले १३ जनाको ज्यान लिएको थियो । त्यो बस्ती पनि निकै जोखिममा रहेको स्थानियको भनाई छ । यस अघि बर्षातको बेला यो गाँउ केही भासिएको थियो । अहिले पनि ठाँउठाँउमा चिरा परेको छ । सडक छेउछाउमा पनि चिरा परेका छन् । माथि पहाड छ तल गाँउ छ । पहाडको टुप्पो पनि चिरा परेको छ । भुकम्पको सानो धक्का जाँदा पनि ढुङ्गा खस्ने गरेका छन् । जसले गर्दा हामी निकै असुरक्षित भएको महसुस गरिरहेका छौ स्थानिय विमल विकले भने ‘त्रिपालमा बसेर पनि सुरक्षित छैनौ । फेरी भुकम्प गयो भने पहाड नै खस्छ कि भन्ने डर लाग्छ । चिन्ताले रातको निन्द्रा नै हरायो ।’ यस अघि पनि बर्षातको बेला गाँउ भासिन थालेको भन्दै बस्ती नै स्थानान्तरणका लागि आवश्यक पहल गर्न भन्दै स्थानिय तह बाट जिल्ला विपद ब्यवस्थापन समिति हुँदै गृह मन्त्रालयमा माग गरिएको थियो । तर सुनुवाई नहुँदा स्थानिय जोखिम मोलेर बस्न बाध्य भएका छन् । करीब दुई सय घरधुरी रहेको चिउरी गाँउमा पहिरो खस्ने र गाँउ नै बगाउने डर उत्तिकै रहेको उनले बताए ।

bhumi-sanrakshyan


त्यसैगरी, नलगाड नगरपालिका ७ खेतगैरी गाँउ पनि निकै जोखिममा रहेको स्थानियको भनाई छ । बस्ती तल छ । माथि भिरालो ठाँउ छ । भुकम्पले जमिन फुटेर चिरा परेको छ । ढुङ्गा र माटो अहिले पनि झरिरहेको छ स्थानिय शेर बहादुर वलीले भने ‘चिन्ताले राती निन्द्रा नै लाग्दैन । पालो गरेर दिउसो सुत्ने गरेका छौ । कार्तिक १७ को भुकम्पले बचाएपनि अहिले पनि हल्लाईरहेको छ । त्रिपालको वास छ । चिसो बढिरहेको छ । माथिबाट पहाड खस्ने हो कि भन्ने चिन्ता लाग्छ ।’
उनले सरकारले भुकम्पले गर्दा जोखिममा रहेका गाँउहरुको भौगर्भिक अध्ययन गर्नु पर्ने बताए । विज्ञ सहितको टोलीले यस्तो जोखिम पुर्ण गाँउको स्थलगत अनुसन्धान गरेर बस्न नमिल्ने भए बस्ती स्थानान्तरण गरि पुर्नवासको ब्यवस्था गर्नु पर्ने माग गरे ।

नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर बहादुर रावतले नलगाडका पाली, चिउरी, करुवा, कट्के, खेतगैरी लगायतका गाँउ भुकम्प पछि थप जोखिममा रहेकाले भौगर्भिक अध्ययनका लागि आवश्यक ब्यवस्था मिलाई दिन संघिय सरकार सँग आग्रह गरेका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya