कालोपत्रे मात्र भयो जहाज आउनै छोड्यो चौरजहारी विमानस्थल

राजेन्द्र कार्की । जाजरकोट

कुनै समय जहाजको टिकट लिन स्थानिय प्रशासनको सिफारिस चाहिने रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा झण्डै एक दशक देखि जहाज आएका छैनन् । २०७० साल देखि जहाज नआउँदा यो विमानस्थल बन्द जस्तै छ । चौरजहारी विमानस्थल सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणहरुले सास्ती पाउने गरेका छन् । जहाज नआउने त्यही बिमानस्थल सुधारका लागि भन्दै चालु आर्थिक बर्षमा केही रकम विनियोजन गरिएको छ ।

२०२८ सालमा संचालनमा आएको यो विमानस्थलबाट जहाजको टिकट लिन जिल्ला प्रशासन कार्यालय रुकुम र जिल्ला प्रशासन कार्यालय जाजरकोटको सिफारिस चाहिन्थ्यो । सर्वसाधारणले टिकट पाउन निकै सास्ती हुन्थ्यो । दैनिक नियमित रुपमा चौरजहारी–नेपालगञ्ज उडान हुने र हप्तामा दुई दिन चौरजहारी–काठमान्डौ उडान हुने गर्दथ्यो । दिनहुँ ब्यस्त हुने विमानस्थल अहिले सुनसान छ । विमानस्थल संचालनमा नआउँदा विरामी र असक्तलाई निकै समस्या परेको स्थानीय खिमप्रसाद जैसीले बताए । २०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी चौरजहारीमा विमानस्थल बनाइएको थियो । २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्ग कालोपत्र गरिएको थियो । पाँच करोड ५९ लाख ४९ हजार रुपिँयाको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । विमानस्थलको स्तरोन्नति भए सँगै जहाज आउन छोडेको स्थानियको भनाई छ । पछिल्लो पटक यो विमानस्थल बन्द जस्तै छ । विमानस्थल र टावर कुनैमा कर्मचारी, प्रहरी छैनन् । नेपाल बायुसेवा निगमको टुइनेटर जहाज आउने गर्दथे । अहिले कुनै पनि जहाज आउँदैनन् । जहाज नआउँदा सिकित्स विरामीलाई समस्या पर्ने गरेको स्थानिय प्रेमप्रकाश केसीले बताए ।

bhumi-sanrakshyan

जहाज नआउने बिमानस्थलमा स्तरोन्नतीका लागि थप बजेट

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले गृहजिल्ला रुकुम पश्चिमको यही चौरजहारी विमानस्थल स्तरोन्नतीका लागि भन्दै आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटमा केही रकम विनियोजन गरेका छन् । सरकारले विमानस्थल स्तरोन्नति गर्ने बजेट छुट्याइएपछि फेरी जहाज आउँछ कि भनेर स्थानीयवासी खुशि भएका छन् ।
देशका विभिन्न विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न भन्दै तत्कालिन अर्थ मन्त्री शर्माले १२ अर्ब २४ करोड बजेट विनियोजन गरेका थिए । यसै बजेटबाट चौरजहारी विमानस्थलको पनि स्तरोन्नति हुने भएपछि स्थानिय खुसी भएका थिए । रुकुमपश्चिमको मुसीकोटमा सल्ले विमानस्थल पनि रहेको छ ।

स्तरोन्नती हुने खबरसँगै खुसी भएका स्थानिय जहाज आउँछ÷आउँदैन भन्ने चिन्तामा छन् । ‘भएकै एयरपोर्ट चलिरहेको छैन । जहाज आउँदैन’ स्थानीय सीता गोसाईंले भनिन, ‘विमानस्थल यस्तै बेवारिसे अथवा सुनसान हुने हो र जहाज आउने होइन भने त राज्यको लगानी खेर नफालेपनि भो ।’ विमानस्थलमा जहाज नियमित आउजाउ गराउनतर्फ पहिले ध्यान दिनुपर्ने र पछि विमानस्थलको विस्तार र स्तरोन्नती गर्नुपर्ने उनको भनाई छ । कच्ची रहेको विमानस्थल पक्की भएपछि स्थानीयवासीले हवाईजहाजको सुविधा उपभोग गर्न पाएका छैनन् ।
नेपाल बायुसेवा निगमका जहाजको संख्या न्युन रहेको र जाजरकोट देखि नेपालगञ्ज, सुर्खेत जोड्ने सडक कालोपत्रे भएकोले पनि मानिसहरु सडकबाटो बाटै आफ्नो गन्तब्यमा गैहाल्ने भएकोले गर्दा पनि उडान हुन नसकेको स्थानिय गोपालप्रसाद रेग्मीले बताए । तर विमानस्थलको स्तरोन्नती गरेर निजी कम्पनीका विमान मार्फत रारा र डोल्पा सम्म जाने पर्यटकको गन्तब्य चौरहजहारीलाई बनाउन सकिने कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको भनाई छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya