एमालेका युवा नेता शाहलाई प्रहरीले कुटपिट गरेको विरोधमा खलंगामा प्रर्दशन

राजेन्द्र कार्की । जाजरकोट
नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रिय सदस्य तथा एमाले जाजरकोटका सचिवालय सदस्य विश्वविक्रम शाहलाई प्रहरीले सोमवार बेलुका गरेको कुटपिट तथा अभद्र ब्यवहारको विरोधमा सदरमुकाम खलंगामा प्रर्दशन गरिएको छ । कुटपिटको विरोधमा निस्किएको स्थानियको जुलुसले बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ ।

प्रहरी दमन मुर्दाबाद, नागरिक कुटन पाइदैन, नागरिक सर्वोच्चता कायम गर लगायतका नारा लगाउँदै प्रर्दशन गरिएको थियो । घटनाको छानवीन गरि दोषी प्रहरीलाई कारवाही गर्नुपर्ने, नागरिक सर्वोच्चता कायम गर्नुपर्ने, नागरिकले निर्भय पुर्वक बाँच्न पाउने मानब अधिकारको ग्यारेन्टीको माग गदै प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाईएको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले बताए ।

भाई नाता पर्ने मीनकृष्ण शाहको उपचारका लागि रोयल फार्मेसी ठाँटीमा उपचार गर्ने क्रममा प्रहरी आएर सिठी फुक्दै एक्कासी मेडिकल बन्द गर्न आदेश दिएका थिए । घाइतेको उपचार गर्न दिनुहोस । अपराधी नै भएपनि उपचार पहिलो प्राथमिकता हो भनेर विश्वविक्रमले भन्ने वित्तिकै बढी बोल्छस भनेर प्रहरीले उनलाई निर्घात कुटपिट गरेको थियो ।
विश्वविक्रमका भाई मीनकृष्णले काम गर्न बसेका चौधरी केटाहरुलाई कुटपिट गरि भाग्दै गर्दा प्रहरीले पक्राउ गरि प्रहरी चौकीमा ल्याएको थियो । भाग्ने क्रममा उनी सामान्य घाइते भएको प्रहरीको भनाई छ । मीनकृष्ण घाइते भएको जानकारी पाएपछि प्रहरी चौकी पुगेका विश्वविक्रम र प्रहरी विच विवाद र भनाभन भएको बताईएको छ । उपचार गर्ने भन्दै भाईलाई मेडिकलमा लिएर आएका विश्वविक्रम माथि प्रहरीहरु जाईलागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

bhumi-sanrakshyan

दर्जनौको संख्यामा आएका प्रहरीले विश्वविक्रमलाई कुटपिट गर्न थालेपछि कुटपिट नगर्न अनुरोध गर्ने सर्वसाधारणलाई समेत कुटेका थिए । कुटपिट गरेपछि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पुरयाईएका शाहलाई सामान्य सोधपुछ पछि राती नै छोडिएको थियो ।
यता जिल्ला प्रहरी प्रमुख सन्तोष रोकामगरले प्रहरी इकाइ तोडफोड गर्न खोजेको र प्रहरी चौकीमै प्रहरीलाई धम्की दिएपछि नियन्त्रणमा लिएर सामान्य सोधपुछ गरिएको तर कुटपिट नगरेको दावी गरे ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya