जाजरकोटमा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समिक्षा सम्पन्न

प्रवाह संवाददाता । जाजरकोट
स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आयोजनामा सदरमुकाम खलंगामा आयोजित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्लाका सातै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, तथ्यांक सम्पर्क व्यक्ति तथा सामाजिक विकास समितिका संयोजक, जाजरकोट जिल्ला अस्पताल, प्राथमिक अस्पताल दल्ली, आधारभूत अस्पताल लिम्सा र छेडागाड नगर अस्पतालबाट सहभागिता रहेको थियो । सो कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय तथा सबै पालिका र अस्पतालहरुबाट तथ्यांक प्रस्तुतीकरण तथा कार्ययोजना निर्माण गरिएको थियो ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कार्यालय प्रमुख नवराज कँडेलको अध्यक्षता तथा सामाजिक विकास समितिका संयोजकहरु भेरी नगरपालिकाका संयोजक वीर बहादुर चन्द, कुशे गाउँपालिकाका संयोजक शिवराज गिरी, शिवालय गाउँपालिकाका संयोजक बुद्धिमान बुढा तथा बारेकोट गाउँपालिकाका संयोजक विष्णु बहादुर रावतको विशेष आथित्यतामा गोष्ठी भएको हो । समापन कार्यक्रममा विगत लामो समय देखि स्वास्थ्य सेवा कार्यालयलाई स्टोरका लागि कोठाहरु उपलब्ध गराई उपकरण तथा औषधिजन्य सामग्रीको भण्डारणमा सहयोग पु¥याउने त्रिभुवन माध्यामिक विद्यालय, खलंगा जाजरकोटका प्रधानाध्यापक भक्त बहादुर मल्ललाई प्रशंसापत्र सहित सम्मान गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख कँडेलले बताए ।
त्यस्तै विगत लामो समय देखि स्वास्थ्य सेवा कार्यालयमा सुर्खेत तथा नेपालगन्जबाट आपूर्ति हुने औषधि तथा अन्य सामग्रीहरु प्राप्त गर्नमा सहयोग पु¥याउने न्यु दंगाली होटेल, भेरी–४, जाजरकोटका संचालक बल्मु चौधरीलाई प्रशंसापत्र सहित सम्मान गरिएको छ । आगामी फागुन १४, १५ र १६ गते स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा सुर्खेतमा स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी संचालन हुने कार्यालय प्रमुख कँडेलले जानकारी दिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya