राजेन्द्र कार्की । जाजरकोट
जर्वजस्ती करणी मुद्धाका फरार प्रतिवादी जाजरकोट बारेकोट गाँउपालिका वडा नम्बर ९ निवासी ७१ बर्षिय कालीबहादुर महतारालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत सुर्खेतले गत साउन ३० गतेको फैसला आदेशले महतारालाई नौ बर्ष कैद र पचास हजार रुपैयाको फैसला गरेको थियो ।
त्यस यता उनी फरार हुँदै आएका थिए । गाँउकै एक महिलालाई बलत्कार गरेपछि २०७७ असोज १४ गते पक्राउ परेका थिए । जिल्ला अदालत जाजरकोटले उनलाई सफाई दिएपछि उनी २०७८ असारमा जेलबाट छुटेका थिए । उनी दोषी हुँदाहुँदै आर्थिक चलखेलमा जिल्ला अदालतले उनलाई जिताएको आशंका गरिएको थियो । तर उनको मुद्धा पुनः उच्च अदालतमा परेको थियो । जिल्ला अदालतले गरेको फैसला उल्टयाउँदै उच्च अदालतले उनलाई जेल सजाय र जरिवाना तोकेपनि उनी फरार हुँदै आएका थिए । उनी लुकीछिपी घरमै बसेको सुचनाका आधारमा प्रहरीले प्रक्राउ गरेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । पक्राउ परेका उनलाई जिल्ला अदालतको आदेशले कारागार चलान गरिएको छ ।
बलात्कार अभियोगमा ७१ बर्षिय बृद्ध जेल चलान
