जाजरकोटमा नेपाल रेडक्रस सोसाईटीको २३ औं जिल्ला सभा सम्पन्न

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटको २३ औं जिल्ला सभा सदरमुकाम खलंगामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय समितिका कोषाध्यक्ष वीरबहादुर बस्नेतले पानसमा बत्ति बालेर जिल्ला सभाको उद्घाटन गरेका हुन् ।

रेडक्रस जिल्ला शाखा जाजरकोटका सभापति हरिबहादुर बस्नेतको अध्यक्षतामा भएको जिल्ला सभाको उद्घाटन कार्यक्रममा सम्बोधन गदै कोषाध्यक्ष बस्नेतले रेडक्रसलाई मानवीय सेवामा सर्मपित संस्था भएको बताउँदै आफुहरु रेडक्रसलाई पुरानै लयमा फर्काउन लागि परेको बताए । विपद र मानवीय सेवामा अग्रणी भुमिका खेल्दै आएको रेडक्रस विशुद्ध मानवीय सेवामा सर्मिर्पत संकटासन्न समुदायको जोखिमलाई कमगर्न अग्रसर हुँदै आईरहेको र आम जनसमुदायको मन जित्न सफल भएको उनले बताए । कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्री र निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले रेडक्रसले विपदको खेलेको भुमिका अतुलनिय रहेकोमा प्रशंसा गदै जिल्ला सभाको सफलताको शुुभकामना दिए । कार्यक्रममा नेपाली काँग्रेसका कावा सभापति खडक विसी, माओवादी केन्द्रका तिलक रावत, राप्रपाका दीपक खनाल लगायतले जिल्ला सभाको सफलताको शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रममा रेडक्रसका जिल्ला सभापति बस्नेतले रेडक्रस गतिविधि सहितको समिक्षात्मक टिप्पणी राखेका थिए । उपसभापति ज्ञानी प्रसाद शर्माले अतिथिहरुलाई स्वागत गरेका थिए ।


उद्घाटन कार्यक्रमको समापन पछि भएको बन्दसत्रमा मन्त्री धिरेन्द्रबहादुर शाहले रेडक्रसको प्रगति प्रतिवेदन र आगामी बर्षको कार्यक्रम पेश गरेका थिए । रेडक्रसले भेरी नगरपालिका वडा नम्बर १ र ३ मा ३ सय ५० अस्थायी आवासका लागि सहयोग गरेको छ भने एक हजार ९ सय २३ परिवारलाई बहुउद्देश्यीय नगद सहायता प्रदान गरेको छ ।

त्यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजेन्द्र बहादुर कार्कीले प्रस्तुत गरेका थिए । कोषाध्यक्ष कार्कीले आगामी आर्थिक बर्ष २०८१÷८२ को जिल्ला शाखा तर्फ १९ लाख ८७ हजार रुपैयाको बजेट प्रस्तावित गरेका थिए । त्यस्तै आँखा उपचार केन्द्र तर्फ १७ लाख ९४ हजार रुपैयाको बजेट प्रस्तुत गरेका थिए । चालु आवमा फागुन सम्म कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम तर्फ ४ करोड २० लाख ६५ हजार ७ सय ९० रुपैया खर्च भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यक्रम अन्र्तगत लैगिंक समावेशीकरण तथा संरक्षण, स्वास्थ्य तथा सरसफाई, खानेपानी, बालमैत्री स्पेस निर्माण लगायतमा काम गर्नुका साथै राहतका विभिन्न कार्यक्रम संचालन गरिरहेको उल्लेख छ ।

मन्त्री र कोषाध्यक्षका दुवै प्रतिवेदनहरु सभाले पारित गरेको थियो । त्यसका साथै गत कार्तिक १७ गते गएको भुकम्पको पुर्ननिर्माण, जिल्ला शाखाको भवन निर्माण, आँखा उपचार केन्द्रको भवन निर्माण लगायतका प्रस्ताव पारित गदै साधारण सभा सम्पन्न भएको हो । जिल्ला सभामा रेडक्रसका १० ओटै उपशाखाबाट ३ जनाका दरले सहभागिता रहेको थियो । कार्यक्रममा रेडक्रसका स्वयमसेवकलाई प्रसंसापत्र समेत प्रदान गरिएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad