March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

जाजरकोटमा ६३ प्रतिशत मत खस्यो

राजेन्द्र कार्की । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य पदको आईतवार भएको निर्वाचनमा जाजरकोटमा ६३ प्रतिशत मत खसेको छ ।   जाजरकोटमा स्थानिय तहमा खसेको मत भन्दा ८ प्रतिशत मत कम खसेको छ । गत बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा करीव ७२ प्रतिशत मत खसेको जाजरकोटमा  यस पटक ६३ दशमलब ८१ प्रतिशत मत मात्र खसेको छ । कुल एक लाख तीन हजार तीन सय ६३ मत मध्य ६५ हजार नौ सय ६१ मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । भेरी नगरपालिकामा १३ हजार ६ सय ४१ मत खसेको छ । नलगाडमा १० हजार २ सय ८१ मत, छेडागाडमा १३ हजार ४ सय १८, बारेकोटमा ८ हजार ३ सय ४०, कुशेमा ७ हजार ५ सय ३, जुनीचाँदेमा ७ हजार ६ सय ६७ र शिवालयमा ५ हजार १७ मत खसेको छ । त्यस्तै अस्थायी मतकेन्द्रमा ९४ मत खसेको छ ।

धेरै मतदाताहरु रोजगारीको खोजीमा भारत लगायतका देशमा बैदेशिक रोजगारमा गएका, देशकै शहरी क्षेत्रमा गएका र अध्ययनको सिलसिलामा जिल्ला बाहिर गएकाहरु पनि नफर्किएका कारण कम मत खसेको हो । कतिपयमा उत्साह नै नभएका कारण पनि मतदान गर्न नआएको भेरी नगरपालिका २ का रत्नबहादुर वलीले बताए । उत्साह नहुँदा धेरै मतदाता मतदान गर्न नआएको उनले बताए । स्थानिय तहमा धेरै उम्मेदवार भएका कारण आफु जित्नका लागि जसरी पनि मतदातालाई मतदान गराउन अग्रसर रहेको तर यो निर्वाचनमा सिमित उम्मेदवार रहेका कारण पनि स्थानियमा धेरै उत्साह नदेखिएको भेरी नगरपालिका ४ का दीपनारायण कार्कीले बताए । कतिपयले मतदान केन्द्र टाढा भएको, कतिपय दिर्घरोगी र अशक्तलाई मतदान केन्द्र सम्म लिने ब्यवस्था नहुँदा पनि कम मत खसेको उनले बताए । स्थानिय चुनावमा आफु जित्नका लागि अशक्त र जेष्ठ नागरिकलाई बोकेर भएपनि भोट हाल्न लिएपनि यसपालि स्थानिय कार्यकर्ताले चासो नदेखाउँदा कम मत खसेको कार्कीले बताए । गठबन्धन भएका कारण पनि मतभार धेरै भएकाले पनि मतदाता सार्ने भन्दा भएकै बचाउन तिर लाग्दा जिल्ला बाहिर गएकाहरु जिल्लामा नआउँदा कम मत खसेको भेरी नगरपालिका ३ का साधना केसीले बताईन ।


नलगाड ८ को जिकुवा मतदान केन्द्रमा नेकपा विप्लब माओवादीका कार्यकर्ताले मतपेटिका तोडेफोड गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । जिल्लाका सवै एक सय ४३ मतदान केन्द्रमा शान्तीपुर्ण रुपमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नजिकका मतपेटिका ल्याउने कार्य भैरहेको र टाढाका मतपेटिका भोली सम्म आईपुग्ने जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad