March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

जाजरकोटका १८ मतदान स्थल अति संवेदनशील

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटका १८ मतदान स्थललाई अति संवेदनशील मतदान केन्द्रको रुपमा राखिएको छ । ८९ मतदान स्थल मध्य ४३ मतदान स्थल संवेदनशील र २८ मतदान स्थल सामान्य रुपमा बर्गिकरण गरिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा मतदान स्थलको सुरक्षाका लागि सुरक्षाकर्मी खटाईएको प्रमुख जिल्ला अधिकारी अन्जन श्रेष्ठले बताए । जाजरकोटका ८९ मतदान स्थलमा रहेका एक सय ४३ मतदान केन्द्र सवैमा निर्वाचन सामाग्री सहित सुरक्षाकर्मी र कर्मचारी पुगेर आवश्यक कार्य थालनी गरेका छन् । मतदान अधिकृतले सर्वदलिय बैठकबाट विभिन्न किसिमका निर्वाचन सम्बन्धि प्रक्रियाबारे सहमति जुटाउने , मतदान स्थलमा मदिरा निषेधित क्षेत्र तोक्ने लगायतका कार्यका साथै मतदान स्थल निर्माण गर्न थालेको मुख्य निर्वाचन अधिकृत केशब चपाईले बताए । उनले जिल्लाका केही मतदान केन्द्रमा संचारको पहुँच नभएकाले प्रहरी सेटबाट समेत सुचना आदान प्रदान गर्ने ब्यवस्था मिलाईएको बताए ।
आठ मतदान केन्द्रमा महिला मतदान अधिकृत
जिल्लाका आठ मतदान केन्द्रमा महिला मतदान अधिकृतको नेतृत्वमा कर्मचारी खटाईएको छ । एक सय ४३ मतदान अधिकृत मध्य एक सय ३५ मतदान अधिकृत पुरुष र ८ जना महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad