April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

रुकुम पश्चिमका पत्रकारलाई प्रेस ज्याकेट

प्रवाह संवाददाता । जाजरकोट

रुकुम पश्चिमका पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ रुकुम शाखाको सहयोगमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई निशुल्क प्रेस ज्याकेट वितरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुमका अध्यक्ष लक्ष्मण केसीका अनुसार रुकुम पश्चिम र रुकुम पूर्वका क्रियाशिल पत्रकारहरुलाई लक्षित गरेर प्रेस ज्याकेट बनाइएको हो । आज रुकुम पश्चिमका २१ जना पत्रकारहरुलाई ज्याकेट उपलब्ध गराइएको र भोली पनि वितरण गरिने महासंघले जनाएको छ । महासंघका अनुसार भोली रुकुम पूर्वका पत्रकारहरुलाई पनि प्रेस ज्याकेट उपलब्ध गराइने जनाएको छ । विशेष गरेर पत्रकारहरुलाई समाचार संकलनमा सहज हुने र महासंघको संस्थागत पहिचानमा सहयोग पुयाउने उद्देश्यले प्रेस ज्याकेट वितरण गरिएको हो ।

यस्तै महासंघका अध्यक्ष केसीले प्रेस ज्याकेटको दुरुपयोग नगर्न सबै पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । उहाँले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा हुनसक्ने भ्रामक विषयलाई पत्रकारितामार्फत स्पष्ट गर्दै सर्वसाधारणलाई सही सूचना र जानकारी दिन जिल्लाका पत्रकार र सञ्चार माध्यमहरूलाई आग्रह गर्नुभएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad