March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

शिर्षक-मेरो भोट बिचाराधीनमा छ

तिलक पौडेल

Swasthya sewa karyalaya, jajarkot
रोजगारिको आस्वासनमा शिक्षालाई बेचिरहेका छौ।
अस्वस्थतालाई स्वस्थ दिलाउन
ओखतीमुलोको आवस्यकतालाई अझ दबाउँदै
स्वास्थ्यलाई थेचिरहेका छौ।
त्यो अथाह जलस्रोतले बिजुली धानेन
र त उर्जाले अझै अन्धकारलाई प्रशय दिइरहेको छ।
जसमा तिमी नै पहिलो जिम्मेवार छौ।
सडक सन्जालमा तिम्रै ठेक्का रह्यो
र त दर्शक भै कैयौं दुर्घटना हेरिरह्यौ।
जनताकै विरुद्धमा राजनीति गर्छौ
तर जनताकै भोटको अपेक्षा चाहान्छौ।
तिमी आफ्नो योग्यताका खातिर
केवल नोटसंग भोटलाई दाँज्छौ।
र त तिम्रो नेतृत्वको विकल्प
मेरो भोट विचाराधीनमा छ।
तिमी राष्ट्रलाई केवल आफ्नो मात्र घर सम्झिन्छौ।
र राष्ट्रियतालाई आफ्नो एकतान्त्रीक शासन
समाजवाद त केवल तिम्रो भाषण कला बनेको छ।
तर तिमी पुँजीवादतिर लम्किरहेका छौ।
र त तिम्रो पुँजीवादको विकल्प
मेरो भोट विचाराधीनमा छ।
तिमी आफुलाई संरक्षण गर्न,
यो होइन त्यो गरौ भन्ने सुझावसहितको सल्लाहकारलाई आलोचक सम्झन्छौ।
हुन त त्यो संसदीय कुर्सीले मोहनी लाएछ क्यारे
आफ्नो कमजोरी र त्यो विगतलाई भुलेर
जयजयकार चाहान्छौ।
र त तिम्रो सिंहासनको विकल्प
मेरो भोट विचाराधीनमा छ।
आज गोडा ढोगेर भोटको भिक्षा माग्छौ।
भोलि भोटको महत्त्वमाथिको खेलवाडमा रुमल्लिएर जनता र समाज चिन्दैनौ।
वाह! परिणाम दिलाउने बहाना क्या कलात्मक छ तिमीमा
र त असल नेतृत्वको विकल्प
मेरो भोट विचाराधीनमा छ।
भेरी नगरपालिका ९ भुर

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad