राजेन्द्र कार्की । जाजरकोट
स्थानिय प्रशासनले जाजरकोट चुनाव सम्म मेला महोत्सव गर्न प्रतिबन्ध लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन मा शान्ति सुरक्षा कायम राख्न कार्तिक २० देखि मंसिर ४ सम्म १५ दिन कुनै पनि खेलकुद, मेला, महोत्सव, प्रर्दशनी र साँस्कृतिक कार्यक्रम गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अन्जन श्रेष्ठले बताए ।
शुक्रवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आइतवार देखि यस्तो प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । निर्वाचनलाई शान्तिपुर्ण तरीकाले सम्पन्न गर्न सहयोग गरिदिन हुन जिल्लावासीलाई स्थानिय प्रशासनले आग्रह गरेको छ ।