March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

फुटबलमा विजेता र उपविजेता दुवैलाई खसी पुरस्कार

राजेन्द्र कार्की । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

तिहारको अवसरमा जाजरकोटमा आयोजित फुटबल प्रतियोगितामा थाप्ले टिमले प्रथम स्थान हासिल गरेको छ । बाम लोकतान्त्रिक गठबन्धनका विद्यार्थी संगठनले आयोजना गरेको फुटबल प्रतियोगितामा गैरीखाली युवा समुहलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले थाप्ले युवा समुहले प्रथम स्थान हासिल गरेको हो ।

निर्धारित ७० मिनेटको खेलमा दुवै समुहले एक एक गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो । विजेता टिमलाई २५ हजार मूल्यको खसी र उपविजेता समुहलाई १५ हजार मुल्यको खसी पुरस्कार प्रदान गरिएको छ । आठ ओटा समुहले भाग लिएको प्रतियोगिताको उद्घाटन पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले गरेको थिए ।


बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधी सभाका साझा उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार शक्ति बस्नेत र प्रदेश सभा क नेपाली काँग्रेसका उम्मेदवार वेदराज सिंह, कुशे गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेत र भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बसन्त प्रसाद शर्मा लगायतको सहयोगमा फुटबल प्रतियोगिता संचालन गरिएको आयोजक अखिल क्रान्तिकारीका अजय शर्माले बताए । विजेता टिमलाई रातो खसी र उपविजेता टिमलाई कालो खसी प्रदान गरिएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad