आचारसंहिता विपरीत प्रचार गर्ने ८ जना शिक्षकलाई स्पष्टिकरण

राजेन्द्र कार्की । जाजरकोट

निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार प्रसार गर्ने ८ जना शिक्षकलाई स्पष्टिकरण सोधिएको छ । जिल्ला आचार संहिता अनुगमन समितिको निर्देशन अनुसार तीन ओटा स्थानिय तहले निर्वाचन आचार संहिता २०७९ को विपरीत सामाजिक सञ्जाल मार्फत उम्मेदवारको पक्षमा फोटो सहितको पोष्टर बनाई भोट मागेको पाइएकोले स्पष्टिकरण सोधिएको हो ।

आचारसंहिता अनुगमन अधिकारी वीर शम्शेर घर्तीका अनुसार बारेकोट गाँउपालिका वडा नम्बर ३ स्थित दीपेन्द्र मावि मुल्साममा कार्यरत शिक्षक मानबहादुर शाही, बारेकोट २ लिम्सामा कार्यरत विरेन्द्र ऐश्वर्य मावि मा कार्यरत शिक्षक महेन्द्रबहादुर सिंह, सोही गाउँपालिका वडा नम्बर ४ स्थित गोरख आधारभुत विद्यालयमा कार्यरत शिक्षक मिनराज सिंह, कुशे गाँउपालिका अन्र्तगतका मालिकादेवी आधारभूत विद्यालय विलकोटमा कार्यरत शिक्षक देवबहादुर शाही र सोही गाँउपालिका मान्ने ढुङ्गा माविमा कार्यरत दलसिं वली तथा नलगाड नगरपालिका ४ स्थित ज्ञानेन्द्र प्राथमिक विद्यालयका शिक्षक सेतेन्द्र बोहरा र जनकल्यान आधारभूत विद्यालयमा कार्यरत शिक्षक मदन रावललाई स्थानिय तह मार्फत स्पष्टिकरण सोधिएको हो ।

bhumi-sanrakshyan

ति शिक्षकलाई निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ बमोजिम किन कारवाही हुन नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र लिखित जवाफ सहित आफु कार्यरत स्थानिय तहका कार्यालयमा आफै उपस्थित हुन भनिएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya