प्रवाह संवाददाता । जाजरकोट
सेभ द चिल्ड्रेनको साझेदारी, छेडागाड नगरपालिकाको समन्वयमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा संचालित सहयात्रा दोस्रो परियोजना अन्र्तगत बालबालिकाका सवालहरु सम्बोधन गर्नका लागी जाजरकोटको छेडागाड नगरपालिका वडा नं १२ मनाघाटमा मिति २०७९ कार्तिक ३ गते बिहबारका दिनमा प्रथम बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खडका, उपप्रमुखचन्द्र बहादुर थापा, निमित्त प्रमुख प्रशासकिय अधिकृत गंगबहादुर रोकाया, बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिषयगत शाखा प्रमुखहरु, समाजसेवी, बुद्धिजिबी, अभिभावक, बालक्लबका अध्यक्षहरु, सदस्यहरु, वडा स्तरिय रनगर स्तरियबाल संजालका अध्यक्ष, सदस्यहरु, प्रहरी चौकीका प्रमुख तथा प्रतिनिधीहरु, पाँचतारा युवा संरक्षक मञ्चका कर्मचारीहरु गरी जम्मा ७१ जनाको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता नगर बाल सञ्जालका अध्यक्ष जयराम केसीले गर्नुभएको थियो । उक्त कार्यक्रममा बालबालिकाहरुले बालअधिकार,बाल संरक्षण रआफले भोगेका समस्याहरु तथा सवालहरुको बारेमा नगर प्रमुख, उपप्रमुख, बिषयगत शाखा प्रमुखहरु, प्रहरी प्रमुख संग आफना जिज्ञासा राखेका थिए । बालबालिकाहरुका जिज्ञासाहरुको जवाफ सम्बन्धित ब्यक्तिहरुले दिनुभएको थियो । उक्त बाल कचहरी कार्यक्रममा करिब २० जना बालबालिकाहरुले शिक्षा, स्वास्थ्य, बालअधिकार, बाल संरक्षण, बाल सहभागिता लगायतका बारेमा आफना प्रश्नहरु राखेका थिए ।

बालबालिकाहरुको जवाफदिने क्रममा नगर प्रमुखले बालबालिकाहरुका समस्याहरु तथा सवालहरुको सम्भव भए सम्म सम्बोधनगर्ने र आगामी दिनमा सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले गरिरहेका क्रियाकलापहरुलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । साथै जोखिममा रहेका बालबालिकाहरु यथा सम्भव संरक्षण र सहयोग गर्ने, बिद्यालयमा शैक्षिक गुणस्तर कायमगर्न बिशेष पहलगर्ने, बिद्यालयमा बालमैत्री तथा किशोरीमैत्री शौचालय तथा भौतिक पूर्बाधारको ब्यबस्थापन गर्ने, गाउँटोल, समुदायमा बालबिबाह, बालश्रम, बाल हिंसा न्युनीकरण गर्नका लागी बिभिन्न सरोकारवाला निकायहरुसंग समन्वय तथा सहकार्य गरी आफना कार्यक्रमहरु संचालनगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । साथै बालबालिकाहरुका सवालहरु सम्बोधन गर्नका लागी सम्बन्धित शाखाहरुलाई बढी भन्दा बढी जिम्मेवार र उत्तरदायी बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
नगर उपप्रमुखले बालबालिकाहरुको जवाफदिने क्रममा भन्नुभयो, यो बर्ष आफुहरुले भरर्खेर निर्बाचित भएर आएको र यो बर्ष धेरै जिम्मेवारी भएकाले बालबालिकाहरुका क्षेत्रमा बजेट बिनियोजन गर्न नसकिएको र आगामी दिनमा बालबालिकाहरुका क्षेत्रमा आवश्यक बजेट तथा कार्यक्रमहरुको बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । जोखिम रहेका बालबालिकाहरुःअनाथ, टुहुरा, अपाङगता, बिपन्न भएकाहरुको बास्तविक तथ्याङक अद्याबधिक गरी बिशेष परिचयपत्रको ब्यबस्थागर्ने जानकारी दिनुभयो । सहयात्रा दोस्रो परियोजनाले बालबालिकाहरुको क्षेत्र गरिरहेका क्रियाकलापहरुलाई निरन्तरता गर्नका लागी उपयुक्त बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बिद्यालयहरुमा भएका समस्याहरुको बारेमा अनुगमन गरी समस्याहरुको समाधान गरिनेछ । साथै आगामी संघिय र प्रदेशको निर्बाचनमा बालबालिकाहरको सहभागिता गर्न दिइने छैन भनी प्रतिबद्धता ब्यक्त गर्नुभयो । नगरपालिकाले महिला र बालबालिकासंग उप मेयर कार्यक्रम राखेको र उक्तकार्यक्रममा पनि बालबालिकाहरुका समस्याहरु तथा सवालहरु राख्न सकिने जानकारी दिनुभयो ।
उक्त बाल कचहरी कार्यक्रममा बालबालिकाहरुको सवालहरुको जवाफदिने क्रममा मनाघाट प्रहरी चौकीका प्रमुख भक्तबहादुर भण्डारीले बाल हिंसा, बालदुब्र्यहार, बालश्रम लगायतका समस्याहरु आएको स्थिती भएमा कानुन बमोजिम कारबाही गरिरहेको र आगामी दिनमा त्यस्ता घटनाहरु आएको खण्डमा उपयुक्त सम्बोधन गरिने प्रतिबद्धता ब्यक्तगर्नुभयो ।
बाल कचहरी कार्यक्रममा आफनो मनतब्य राख्दै छेडागाड नगरपालिकाका नि.प्रमुखप्रशासकिय अधिकृत गंगबहादुर रोकायाले नगरपालिका तथा कार्यपालिकाले बालबालिकाहरु पक्षमा गरे बमोजिमका निर्णयहरु, कार्यक्रमतथा योजनाहरुमा आफनो तर्फबाट शतप्रतिशत सहयोग रहने प्रतिबद्धता ब्यक्तगर्नुभयो ।
अन्त्यमा नगर बाल सञ्जालका अध्यक्ष जयराम केसीले कार्यक्रम समापनको क्रममा भन्नुभयो, पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा संचालित सहयात्रा दोस्रो परियोजनामार्फत भएका क्रियाकलापहरु बालबालिकाहरुका समस्याहरु, सवालहरु समाधानगर्नमा धेरै प्रभावकारी भएको र आगामी दिनमा परियोजनाको समापन पछि पनि स्थानिय सरकारले परियोजना मार्फत भईरहेका क्रियाकलापहरुको जिम्मेवारी लिनुपर्ने र यसका लागीनगर बाल सञ्जाल र आफनो तर्फबाट प्रभाबकारी भुमिका र जिम्मेवारी रहने प्रतिबद्धता ब्यक्तगर्नु भयो ।
बाल कचहरी कार्यक्रमको संचालन वडा नं १२ को वडा बाल संजालका सचिब जयन्ता खत्रीले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यहरु माथि प्रकाशपार्दै छलफलको सहजकिरण पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका परियोजना संयोजक कुबेर केसीले गर्नुभएको थियो ।


