April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

डिपोमा चामल नपुगेरै वित्यो दशै

राजेन्द्र कार्की । जाजरकोट

खाद्य डिपोमा सहुलियत दरको चामल आउला र दशै मनाउँला भनेर आशामा बसेका जाजरकोेटका ग्रामिण भेकका बासिन्दा चामल नपुगेपछि निराश भएका छन् । सरकारले खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मार्फत ढुवानी अनुदानमा दुर्गममा चामल पठाउँदै आएको भएपनि दशैमा चामल नपाएपछि दुर्गमवासीको दशै खल्लो भएको छ ।

खाद्य उत्पादन न्युन हुने जाजरकोटमा खडेरीले हिउँदेबाली नसप्रिएको, नयाँ बाली नपाकेको र निजी क्षेत्रबाट लगिएको खाद्यान्न महँगो हुने तथा प्रयाप्त नपाईने भएकोले स्थानियहरु खाद्य डिपोकै चामलमा भर पर्ने गर्दछन् ।

खाद्य डिपोमा चामल नभएको र ग्रामिण सडक विग्रिएकाले खाद्यन्न ढुवानी हुन नसकेपछि जिल्लाका बारेकोट, रग्दा, भगवति, जुनीचाँदे लगायतका स्थानमा खाद्य संकट भएको हो । गाँउमा भएको अन्न सकिएको र थप खाद्यन्न ढुवानी नभएपछि स्थानिय भोकभोकै पर्ने अवस्था आएको बारेकोट २ का मनवीरे नेपालीले बताए । उनले भने ‘बारेकोटमा रहेको खाद्य डिपो रित्तै छ । नयाँ बाली पाकेको छैन । किनेर खाने अन्न पनि पाइदैन । डिपोमा चामल आउला र दशै मनाउला भनेको चामल नै नआएपछि साह्रै समस्या भयो । दशै खल्लो भयो ।’

गाँउका अधिकांश मानिस गरीवीको रेखामुनी छन् नलगाड १२ का मोहन बस्नेतले भने ‘ घरमा अन्न छैन । मकैबाली पनि त्यति राम्रो भएन । किनेर खाने अन्न समेत छैन । स्थानिय चरम खाद्य संकटको चपेटामा परेका छन् ।’ चाडवाडमा गाँउमा भएको अन्न सकिएपछि समस्या भएको उनको भनाई छ ।
जिल्लाका ग्रामिण भेकमा रहेका चार खाद्य डिपो र ६ विक्रि केन्द्र मध्य पजारुको घोगी खाद्य डिपो र जुनीचाँदे विक्री केन्द्रमा मात्र केही खाद्यन्न मौज्दात भएपनि अन्य ८ स्थानमा रहेका खाद्य डिपो र विक्री केन्द्रमा एक गेडो पनि चामल छैन । ति सवै विक्री केन्द्र र डिपोका लागि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड प्रधान कार्यालयले टेण्डर आब्हान गरि स्वीकृति गरिसकेको भएपनि हाल सम्म कसैले सम्झौता गरेका छैनन् । गत असोज ५ गते टेण्डर स्वीकृति भैैसकेको छ । १५ दिन भित्र सम्झौता गरेर ढुवानी गर्नुपर्ने प्राबधान राखिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड जाजरकोटका निमित्त प्रमुख रामप्रसाद पौडेलले बताए । ‘ढिलो गरि टेण्डर स्वीकृति भएका कारण १९ गते सम्म सम्झौता गर्ने म्याद थियो । त्यो दिन विदा परेकाले सम्झौता गर्ने कार्यालय खुल्ने दिन अन्तिम म्याद २३ गते सम्म हुनेछ’,उनले भने ।

खाद्य डिपो चौखामा ८ सय क्वीन्टल चामलको कोटा निर्धारण गरिएको छ । चौखामा चामल ढुवानीका लागि मष्टा ज्ञानकुञ्ज कन्ट्रक्सन एण्ड सप्लायर्स, एक हजार क्वीन्टल कोटा तोकिएको बारेकोटको घाट डिपो र पाँच सय क्वीन्टल कोटा तोकिएको काउलीमा मिलन चक्र सप्लायर्सको फर्मको टेण्डर स्वीकृति भएको छ । त्यस्तै पाँच सय क्वीन्टल चामलको कोटा रहेको दशेरा डिपो, टापुचौर, ताँगा, रुजुतरामा ढुवानीका लागि एमवी विल्डर्स एण्ड सप्लायर्सको टेण्डर स्वीकृति भएको छ । एक हजार क्वीन्टल कोटा रहेको पजारुको घोगी डिपोका लागि ए एण्ड ए कन्ट्र्रक्सन एण्ड सप्लायर्सको टेण्डर स्वीकृत भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । तर अहिले सम्म कुनै पनि सप्लायर्स सम्झौताका लागि कार्यालय नआएको उनले बताए ।
जिल्ला सदरमुकाममा गत बर्षकै एक हजार पाँच सय क्वीन्टल चामल मौज्दात छ । सदरमुकाममा खासै विक्रि हुँदेन । ग्रामिण भेगमा रहेका विक्री केन्द्र र डिपोमा चामलको माग धेरै छ । चामल खोसाखोस हुन्छ । चाडवाडको बेला चामल पुरयाउन कसैले पनि पहल नगरेको स्थानियको गुनासो छ ।

गत बर्षहरुमा जिल्ला खाद्य ब्यवस्था समितिले जिल्लामा मौज्दात रहेको खाद्यान्न गाँउमाम पठाउन आवश्यक पहल गथ्र्यो यस पटक कसैले गरेन । टेण्डर स्वीकृति हुनै समय लाग्यो । अव सम्झौता हुन समय लाग्ला । जसका कारण दशैतिहारमा सहुलियत दरको चामल पाउने स्थानियको आशा निराशामा परिणत भएको छ । सप्लायर्सले हिउँदमा बाटो सप्रेपछि चामल लिदा फाइदा हुन्छ । अहिले बाटो पनि विग्रिएको छ । बर्षात नरोकिएकोले चामल पनि विग्रन सक्ने भएकोले ढिलाई गर्न खोजेको देखिन्छ बारेकोट गाँउपालिकाका पुर्व अध्यक्ष महेन्द्र शाहले भने ‘स्थानिय प्रशासन, पालिका र खाद्य ब्यवस्था कार्यालयले ठेकेदारलाई तत्काल चामल ढुवानी गर्न पहल गर्नु पर्छ ।’ जतिबेला आवश्यक पर्छ त्यतिवेला पो चामल पुरयाउनु परयो त हिउँदमा त नयाँ बाली पनि पाकिसक्छ । ढुवानी सहज भए निजी क्षेत्रका ब्यापारीले पनि विक्रीका लागि खाद्यान्न लगिहाल्छन् नि जुनीचाँदे ८ का हिमाल घर्तीले भने दशै तिहार जस्तो चाडवाडमा सहुलित दरको चालम गाँउमा पुरयाउन सरकारले पहल गर्नुपथ्र्यो ।

जाजरकोटमा बर्दियाको राजापुर, बाँकेको नेपालगञ्ज, दाङ्गको तुल्सीपुर र सुर्खेतबाट चामल ढुवानी गर्ने गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad