दशै मनाउन नलगाडले दियो विपन्न परिवारलाई खाद्यान्न

राजेन्द्र कार्की । जाजरकोट

नलगाड नगरपालिकाकाले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अवस्था अत्यान्तै कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई नजिकिदै गरेको चाड दशैलाई मध्यनजर गदै खाद्यान्न वितरण गरिएको हो ।

नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुइ केजी दाल वितरण गरिएको नगर उपप्रमुख सरिता सिंहले जानकारी दिइन् । आर्थिक अभावका कारण घरमा चुल्हो बल्न धौ धौ परेका ति विपन्न परिवारलाई थोरै भएपनि चाडवाड मनाउन सहज होस भनेर खाद्यान्न सहयोग गरिएको नगरउपप्रमुख सिंहले बताइन ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya