प्रवाह संवाददाता । जाजरकोट
भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मुल्य अनुदानमा आलु र अन्य तरकारीका विउ वितरण गरेको छ । चालु आर्थिक बर्षको प्रथम चौमासिक कार्यक्रम अनुसार कार्यालयको ५० प्रतिशत मुल्य अनुदान र कृषकहरुको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको वीउहरु नगर उपप्रमुख सीता जैसीबाट विहिवार वितरण गरिएको हो ।
करीव ७० क्वीन्टल आलुको विउ र अन्य तरकारीको विउ दुई सय बढी किसानलाई वितरण गरिने छ । स्याउली सेवा केन्द्र र खलंगाबाट उक्त विउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । उन्नत विउ प्रयोग गरि उत्पादन बढाउन र तरकारी खेतीमा किसानलाई हौसला प्रदान गरि ब्यवसायिकता तर्फ उन्मुख गराउन विउमा अनुदान दिएको अधिकारीले बताए । आलुको विउमा ५० प्रतिशत अनुदान पाएपछि किसान उत्साहित भएका छन् ।

