राजेन्द्र कार्की । जाजरकोट
सेवा प्रवाह र ब्यवस्थापनमा सबैलाई उछिन्दै स्वास्थ्य सेवा कार्यालय जाजरकोट कर्णाली प्रदेशमा प्रथम भएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाको समिक्षाबाट जाजरकोट ६४.४ प्रतिशत अकं ल्याएर प्रथम भएको हो । कुनै बेला स्वास्थ्य सेवा प्रवाह र ब्यवस्थापनमा कर्र्णालीका अन्य जिल्लाको तुलनामा पुछारमा रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोट गतिलो नेतृत्व र चुस्त ब्यवस्थापनका कारण अब्बल बन्न सफल भएको हो ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत द्धारा आयोजित आर्थिक बर्ष २०७८।७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको कर्णाली प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठीमा सेवा प्रवाह, ब्यवस्थापन, बार्षिक प्रतिवेदन, वेरुजु फछ्यौट, समन्वय, सहभागिता, भौगोलिक विकटता लगायतका विभिन्न ३१ सुचकमा गरिएको मुल्यांकनमा सवैभन्दा बदी ६४ दशमलब ४ अंक प्राप्त गरेर स्वास्थ्य सेवा कार्यालय कर्णालीमा प्रथम भएको स्वास्थ्य सेवा ब्यवस्थापक नवराज कडेलले बताए । त्यसका साथै नवप्रर्वनात्मक कार्यक्रम अन्र्तगत जिल्ला अस्पतालमा संचालित फिजियोथेरापी सेवा, विभिन्न पालिकाले सुत्केरीलाई दिएको निशुल्क एम्बुलेन्स सेवा, गर्भवति र सुत्केरीलाई दिइने पोषण सेवा लगायत जिल्लाका ९३ वटै स्वास्थ्य संस्थाले गरेको उत्कृष्ट कार्यका आधारमा स्वास्थ्य सेवाका विभिन्न सुचक सुधार गर्न सफल भएका हौ यसका लागि स्थानिय तह, स्वास्थ्य शाखा र स्वास्थ्यकर्मी धन्यवादका पात्र छन् स्वास्थ्य सेवा ब्यवस्थापक कडेलले भने ‘स्वास्थ्य सेवा सुधार गर्न सरोकारवालाको साथ र सहयोगले नै हामी सफलता उन्मुख भएका हौ हामी अझै राम्रो गर्न चाहन्छौ ।’
स्वास्थ्य सेवा कार्यालय कालिकोट ५८ दशमलब ७ अंकका प्राप्त गरेर दोस्रो भएको छ भने स्वास्थ्य सेवा कार्यालय सुर्खेत ५८ दशमलब २ अंक प्राप्तत गरेर तेस्रो भएको छ । १० जिल्ला रहेको कर्णालीमा ४५ दशमलब २ अंक मात्र प्राप्त गरेर अन्तिम १० औ स्थानमा डोल्पा परेको छ । कार्यक्रममा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने कार्यालयलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रशंसापत्र प्रदान गरेका छन् ।


