राजेन्द्र कार्की । जाजरकोट
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा ख मा सर्वसम्मत उम्मेदवार छनौट भएपनि संघ र प्रदेश क मा सर्बसम्मत हुन नसक्दा आकाँक्षी सवैको नाम केन्द्र र प्रदेशमा पठाईएको छ । प्रत्यक्ष तर्फ संघमा दुई जना र प्रदेशमा ६ जनाको नाम सिफारिस गरिएको छ ।
संघमा राजिव विक्रम शाह र रामजंग शाहको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश क मा जिल्लाका धेरै नेताले आकाँक्षा देखाएका छन् । प्रदेश सभा क मा स्थानिय तहमा निर्वाचित जनप्रतिनिधी देखि पुर्व साँसद सम्मले आफ्नो नाम सिफारिस गराएका छन् । पुर्व साँसद दिपक जंग शाह, पार्टी सभापति वेदराज सिंह, महासमिति सदस्य मुक्ती प्रसाद आचार्य, पुर्व गाँउपालिका अध्यक्ष महेन्द्र शाह, पार्टीका क्षेत्रिय सभापति एवं वडाध्यक्ष लिलाबहादुर शाह र पार्टीका सचिव, पुर्व जिल्ला समन्वय समितिका सदस्य एवं हालका वडा सदस्य तेजविक्रम शाहको नाम प्रदेश सभा सदस्य क का लागि सिफारिस गरिएको पार्टी प्रवक्ता छवि पन्तले बताए । संघ र प्रदेश दुवैमा समानुपातिक तर्फ मैना कार्की रावललाई सिफारिस गरिएको छ । त्यस्तै प्रदेश क समानुपातिकमा प्रदेश समितिका उपसभापति सनत कार्की, प्रदेश सहमहामन्त्री रामछाया शाही, पुर्व पार्टी सचिव भुमिलाल रोकाय, क्षेत्रिय उपसभापति किशोर मल्ल, कालु कुमारी ज्योती, टेककुमारी शाह, मोहन विक, हजारी नेपाली, प्रदेश ख समानुपातिकमा रत्न अधिकारी, तुलविर तिरुवा, जनक बादी, महिलामा गिता शाही, रेश्मा खत्री, धनरुपी थापा मगर लगायतलाई सिफारिस गरिएको प्रवक्ता पन्तले बताए ।
गठबन्धनबाट कुन पदमा भाग पर्ने कति वटा भाग पर्ने अहिले सम्म निश्चित हुन सकेको छैन । टिकट दिँदा पनि पार्टी भित्रकै पनि देउवा र कोइराला समुह विचमा सन्तुलन मिलाउनु पर्ने बाध्यता छ । नेता मुक्ती आचार्यले यस अघि भएको काँग्रेसको जिल्ला अधिवेशनमा आफुलाई प्रदेश सभा क को उम्मेदवार बनाउन सवै नेताहरुले सहमति गरेको दावी गरेका छन् । एउटा ठाँउमा सिफारिस भएको उम्मेदवार आवश्यकता अनुसार जहाँ पनि सिफारिस गर्न सकिने नेपाली काँग्रेसले यस अघि नै निर्देशन दिइसकेको छ । पार्टीले सकभर सहमतिमा नाम पठाउन निदेशन दिएको छ । सहमति नभए एक महिला सहित तीन जनाको नाम सिफारिस गर्न निदेशन दिएपछि आकाँक्षी ब्यवस्थापन गर्न नसक्दा प्रदेश क मा आधा दर्जनको नाम सिफारिस गरिएको हो ।
जाजरकोट प्रदेश क मा काँग्रेसका आधा दर्जन आकाँक्षी

