निशुल्क प्याड पाएपछि छात्राहरु उत्साहित

प्रवाह संवाददाता । जाजरकोट

त्रिभुवन माध्यमिक विद्यालय खलंगामा कक्षा १० अध्ययनरत छात्रा विमला बोहरा महिनावारी हुने समयमा ढुक्कले विद्यालय जान्छिन् । विद्यालयमै प्याड निशुल्क पाईन थालेपछि उनलाई पहिले जस्तो तनाव हुँदैन । उनी खुसी पनि छन् । उनी जस्तै धेरै छात्राहरु विद्यालयमै स्यानेटर प्याड पाउन थालेपछि निकै खुसी छन् ।

स्थानिय तह मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निशुल्क प्याड वितरण गरिएपछि छात्राहरु उत्साहित भएका हुन् । नेपाल सरकारले स्थानिय तह मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुका लागि प्रदान गर्ने प्याड गुणस्तरीय र भरपर्दो भएको छात्राहरुले बताएका छन् । सरकारले तोकेको मापदण्ड अनुसार नै प्याड आईपुगेको त्रिभुवन माविका सहायक प्रधानाध्यापक हरिबहादुर बस्नेतले बताए । नेपाल सरकारले स्यानेटरी प्याडको साईज २४० एमएम, लम्बाइ ६० एमएम, १५ एमएम थिकनेस तोकेको छ । जस्मिन कम्पनीबाट जाजरकोटका खलंगा, कालेगाँउ, रिम्ना, काफलचौर लगायतका विद्यालयमा प्राप्त स्यानेटरी प्याड मापदण्ड अनुसार नै आएको भवानी मेडिसिन सप्लायर्सका प्रोपराइटर भीमबहादुर महताराले बताए ।

bhumi-sanrakshyan

‘हामीले मापदण्ड अनुसार नै विद्यालयमा प्याड पुरयाएका छौ । बजारमा हल्ला चलाईए जस्तो कमसल खालको छैन । नेपाल सरकारले तोकेको मापदण्ड र हामीले ल्याएको प्याड तुलना गरेर हेर्न सक्नुहुन्छ’ उनले भने ‘सवै छात्रालाई एउटै साईज नलाग्न सक्छ । धेरै रगत बगे नसोस्न पनि सक्छ तर धरैलाई मिल्ने र आवश्यक बल्ड सोस्ने गरि नै कम्पनीले प्याड निर्माण गरेको छ । यसमा अफवाह फैलाउनु जरुरी छैन । मापदण्ड अनुसार नै प्याड ल्याएका छौ ।’

अघिल्लो बर्ष नगरपालिका आफैले टेण्डर गरेर प्याड खरीद गरेको थियो भने गत आव देखि विद्यालयले आफैले प्याड खरीद गर्न खातामा रकम निकासा दिएको थियो । विद्यालयहरुले सप्लायर्स मार्फत प्याड खरीद गरी विद्यालयमा बुझाएका थिए । त्रिभुवन माविमा भवानी मेडिकल सप्लायर्स प्रालि नेपालगगञ्जले १२ हजार नौ सय ३७ थान प्याड ३५ रुपैया ३९ पैसाका दरले भुक्तानी लिएको छ । त्रिभुवन मावि जस्तै धेरै विद्यालयमा यही सप्लायर्सले प्याड पठाएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya