December 6 - 2022, Tuesday२० मंसिर २०७९, मंगलवार

बेश्याबृत्ति गराएको आरोपमा होटल संचालक पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा बेश्याबृत्ति गराएको आरोपमा एक होटल संचालक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगा ठाँटी स्थित न्यु थकाली होटल एण्ड लज संचालन गर्ने ओमकार लोहनियालाई प्रहरीले आइतवार पक्राउ गरेको हो ।

बाँके डुडवा गाँउपालिका १ स्थायी ठेगाना भएका लोहनियाले पाँच बर्ष देखि जाजरकोटमा होटल ब्यवसाय संचालन गरिरहेका थिए । आफ्नो होटलमा महिलाहरुलाई बोलाई बेश्याबृत्ति गराई रहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक पुस्कर पन्तले बताए । दुई जना महिलाले आफुहरुलाई ललाई फकाई यौन ब्यापारमा लगाउने गरेको गुनासो प्रहरी समक्ष गदै जाहेरी दिएका छन् । कुनै पनि महिलालाई ललाई फकाई यौन ब्यापारमा लगाए मानव बेचविखन मुद्धा आर्कषित हुने भएकोले मानव बेचविखन सम्बन्धि कसुरमा मुद्धा दर्ता गराईएको प्रहरी निरीक्षक पन्तले बताए ।

जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ । होटल संचालकले ग्राहकका लागि महिलालाई बोलाएर होटलमै देहब्यापार गराउने गरेको प्रहरीको भनाई छ । प्रति ग्राहकबाट एक हजार पाँच सय लिएर महिलालाई हजार रुपैया दिने गरेका थिए । जाहेरी दिने महिला एक जना श्रीमान सँग सम्बन्ध विच्छेद गरेकी हुन् भने एक जना अविवाहित भएको प्रहरीले जनाएको छ । ति महिलाको नाम र वतन गोप्य राखिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad