कोभिड–१९ बाट प्रभावित परिवारको जीविकोपार्जनमा सहयोग गर्दै रेडक्रस

प्रवाह संवाददाता । जाजरकोट

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (IFRC) को आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको समन्वय र नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको कोभिड–१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम जाजरकोट शाखामा अहिले संचालनमा छ । जिल्लामा विषेश गरि कोभिड–१९ को खोपबारे जनस्थरमा चेतना जगाउनका साथै सरकारले ल्याएको “खोप र खोप“ अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन सहयोगी निकायका रूपमा कार्य गरिरहेको छ ।

 

bhumi-sanrakshyan

जिल्लाको छेडागाड नगरपालिका, कुशे गाउँपालिका, भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका विभित्र गतिविधिहरू गदै आईरहेको छ । त्यसै कार्यक्रम भित्रको सामाजिक आर्थिक गतिविधिहरू जिल्लाको नलगाड नगरपालिकामा संचालन गर्ने क्रममा कोभिड –१९ बाट प्रभावित परिवारको जीविकोपार्जनमा टेवा पुगोस भनेर गत जेठ १९ बाट नलगाड नपाका १३ वडाबाट १२ जनाको सहभागीतामा ४५ दिने आधारभुत हाउस वाईरिङ चलेको थियो । त्यसैका सहभागी हुन नलगाड नपा ३ निवासी नेत्र बुढा । उहाँले तालिम लिईसकेपछि हाउस वाईरिङको काम सुरू गर्नुभएको छ ।

‘तालिम पाएर काम शुरु गदै एकदमै खुसि लागेको छ । आफन्तकोका भएकाले ५ घण्टा काम गरेको हुँ । पहिलो कमाई एक हजार भयो । ठिकै छ स्कुलले पनि भनेका छन, काम पाउनु नै ठुलो कुरा हो विस्तारै मेरो सीप काम लाग्नेछ’उनले भने ‘रेडक्रस लगाएत सबैलाई हार्दिक धन्यवाद छ मलाई सीप सिकाईदिनु भयो । रेडक्रसले लगाएको लगानि खेर जान दिने छैन ।’

शाखाले वर्तमान अवस्थामा कार्यक्रमका गतिविधिहरू अन्तर्गत विद्यार्थीहरूमा देखिएका पोष्ट कोभिडका लक्षणहरूलाई कम गर्ने विद्यालयहरूमा मनोसामाजिक कक्षाहरू, समुदायका जनतासँग खोपबारे फैलिका नकारात्मक सुचनाहरूलाई कम गर्ने सडक नाटक, रेडियो सुचना बजाउने, आमा समुहका माध्यमबाट खाृप लगाउन छुटेका जनसंख्या पत्ता लगाई खाृप लगाउन वातावरण बनाउने, विद्यालयमा सरसफाइका कार्यहरूको निरन्तरता, दिने अभ्यासहरू जस्ता कार्य गर्दै आईरहेको कार्यक्रम संयोजक भीमबहादुर सावदले बताउनुभयो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya