March 29 - 2024, Friday१५ चैत्र २०८०, बिहीबार

विद्यालयमा खानेपानीका लागि सहयोग जुटाउँदै त्रिभुवन माविका पुर्व विद्यार्थीहरु

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटको सवै भन्दा पुरानो विद्यालय त्रिभुवन माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुले आफु पढेको विद्यालयका लागि विशेष उपहार दिने काम थालेका छन् ।

विक्रस सम्वत २००९ साल फागुन १९ गते स्थापना भएको सदरमुकाम खलंगाको थाप्लेचौर स्थित त्रिभुवन माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुले आफुहरुको तर्फवाट अहिले त्यस विद्यालयमा पढिरहेका विद्यार्थीहरुका लागि २४ घन्टे खानेपानीको व्यवस्था गर्ने काममा सक्रियता देखाएका हुन् । विद्यालयमा हाल पढिरहेका एक हजार वढी विद्यार्थीहरुले वर्षेनी भोगिरहेको र भविस्यमा आउने विद्यार्थीहरुले पनि भोग्ने खानेपानीको गम्भीर समस्यालाइ हल गर्न र आफुहरुको तर्फवाट जन्मभुमि जाजरकोट र पढेको विद्यालयप्रति कर्तव्यवोध गर्न विद्यालयलाइ उपहार दिने काम सुरु गरेको उनीहरुले वताएका छन् ।

 

सो विद्यालयका पुर्व विद्यार्थी जनक केसीको पहल र समन्वयमा स्थानीय जयचन्द्र मिडिया ग्रुप प्रालि मार्फत सुरु गरिएको हाम्रो त्रिभुवन माविका विद्यार्थीहरुलाइ पानी पिउन दिऔं भन्ने अभियानलाइ सफल वनाउन सवै पुर्व विद्यार्थीहरु उत्साहि र सकरात्मक रुपमा लागिरहेको पाइएको छ । भेरी नगरपालिका वडा नम्वर ४ कोटखोलाको छेउ वुदवुदीमा रहेको मुहानवाट सिधै विद्यालयमा उपयुक्त पाइपको व्यवस्थापनवाट पानी ल्याइ १० वटा साधारण धाराहरु समेत निर्माण गर्ने अभियान अन्तरगत सोहि विद्यालयकी पुर्व विद्यार्थी भेरी नगरपालिका वडा नम्वर ३ दरवार माइती घर भएकी रेखा शाह कार्कीले १ लाख सहयोग गरेर योगदान रकम संकलनको सुरुवात गरेकी छिन् भने सोहि विद्यालयका पुर्व विद्यार्थीहरु जनक केसीले २० हजार, सुरेश सुनारले १० हजार, भवानी रावत विष्टले ५ हजार, डम्वर विस्टले ५ हजार , विशाल चन्द र लक्ष्मी गिरी चन्दले एक मुष्ट ५ हजार ५ सय ५५ र सन्देश शाहले ५ हजार योगदान रकम जयचन्द्र मिडिया ग्रुप प्रालिको सिटजन्स वैंक इन्टरनेस्नल जाजरकोट शाखामा रहेको खाता नम्वर ०३६०१०००००५३७२०१मा जम्मा गरिसकेका छन् । यस्तै सोहि विद्यालयका पुर्व विद्यार्थीहरु सुरेश जंग शाहले ५० हजार १, गिता गिरी शेरचन र उनका श्रीमान खीम शेरचनले २० हजार, गणेश डांगीले १० हजार, नारायण डांगीले १० हजार, धनवहादुर विकले १० हजार , शंकर कार्कीले ५ हजार, रिसभ देव खनालले २ हजार ५ सय , जानकी शाहले २ हजार १ सय र प्रकाश जंग शाहले २ हजार योगदान गर्ने घोषणा गरेर अभियानलाइ सफलतातिर डोरयाएको अभियानका समन्वयकर्ता जनक केसीले वताए ।

 

त्रिभुवन माविका विद्यार्थीहरुलाइ खानेपानी दिऔं अभियानमा सहयोग गर्ने सवैको नाम रकमको क्रम अनुसार शिलालेखमा लेखेर विद्यालयमा राखिने समेत केसीले वताए । वुदवुदी कोटखोलावाट विद्यालय सम्म पानी ल्याउन, इन्टेक वनाउन, मुहान घेरावार गर्न र वृक्षा रोपण गर्न तथा विद्यालयमा छात्राका लागि ५ वटा र छात्रका लागि ५ वटा साधारण धाराहरु फागुन भित्र निर्माण गर्ने कामका लागि १० लाख वढी रकम आवस्यक पर्ने भएकोले सोहि अनुसार योगदान रकम संकलन भइरहेको वताइएको छ । योगदान रकम संकलनका लागि पुस २० गते सम्मको समय तोकिएको र पुस २१ गते देखि काम सुरु गरेर फागुन महिना भित्र विद्यालयमा पानी पुरयाउने आफुहरुको लक्ष रहेको केसीले वताए । यस्तै विद्यालयका लागि केहि योगदान गर्न पाउदा आफुहरुलाइ खुसी र गर्वको अनुभुति भएको पुर्व विद्यार्थीहरुको प्रतिक्रिया छ । आफुहरु जति टाढा भएपनि विद्यालय र जन्मुमिको लागि कल्याणकारी काम गर्न पाउदा निकै खुसी र गर्वको महसुस भएको पुर्व विद्यार्थी रेखा शाह कार्कीले वताइन् । उनले यो काम विद्यालयमा पढने अहिलेका विद्यार्थीहरुका लागि पानीको सुविधा पुरयाउनु मात्र नभइ भविस्यका सन्तानहरुलाइ गतिलो शिक्षा दिएर सत्मार्गमा लाग्न प्रेरित गर्नु भएको वताइन् ।

 

यस्तै सोहि विद्यालयका पुर्व विद्यार्थी भेरी नगरपालिका ४ वोहराका जन्म घर भएका सर्वाेच्च अदालतका न्यायाधिस पुरुषोत्तम भन्डारीले विद्यालयको लागि पुर्व विद्यार्थीहरुको तर्फवाट सानै भएपनि उपहार दिने कामले पछिल्लो पिढिलाइ पनि आफु जन्मेको स्थान र पढेको विद्यालयप्रति केहि गर्न हौसला दिने वताए । आफना तर्फवाट सक्दो सहयोग गर्ने वताउदै भन्डारीले हामी सवैको सकरात्मक र सिर्जनात्मक पहलले विद्यालयको उन्नति र प्रगतिमा सहयोग पुग्ने भन्डारीले वताए । जाजरकोट देखि आफु टाढा भएपनि जन्मभुति र पढेको विद्यालय प्रति केहि गर्न मन लागि रहने गरेको वताउदै भन्डारीले यो अभियानले पनि आफु लगाएतका समस्त पुर्व विद्यार्थीहरुलाइ एउटा सेवाको अवसर दिएको वताए । यो अभियानलाइ जाजरकोटको समग्र सकरात्मक तथा सिर्जनात्मक अभियानको रुपमा विकास तथा विस्तार गर्ने कामको श्रोतको रुपमा लिनु पर्ने सरोकारवालाहरुको भनाइ छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad