April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

जंगली च्याउ खाँदा महिलाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
जंगली च्याउ खाँदा जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० बर्षिया मनमाया कुमाईको च्याउ खाँदा मृत्यु भएको हो ।

सोमवार च्याउ खाएर बेहोस भएकी उनलाई उपचारका लागी जाजरकोट अस्पताल ल्याएको थियो । अवस्था गंभिर भएपछि अस्पतालले उनलाई थप उपचारका लागी नेपालगञ्ज रिर्फर गरिदियो । उपचारका लागी नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहेलकुनामा मंगलवार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलमा पाईने च्याउ पकाएर खाएका उनी सहित घरका तीन जना विरामी परेका थिए । अन्य दुई जनालाई घरेलु उपचार पछि सञ्चो भैसकेको छ । विशालु च्याउ खाँदा उनको मृत्यु भएकोले चिकित्सकले जनाएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad