नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार देवका लामिछाने शोभा विजयी भएकी छन् । उनले ४ हजार २ सय ७२ मत प्राप्त गरि विजयी भएकी हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार इन्द्रा चन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरिन । एक हजार एक सय २५ मतको मतान्तरले लामिछाने विजयी भएकी हुन् । नेकपा एमालेका उम्मेदवार सुनिता बोहराले दुई हजार पाँच सय ४२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नविन कुमार कठायतले जानकारी दिए । उनका अनुसार रास्वापाका पार्वती पुनले एक सय ७९ मत, समाजवादीकी सुनिता पुन रावलले ५८ मत र राप्रपा नेपालका पवित्रा जैसीले १७ मत प्राप्त गरेकी छन् ।

१६ हजार ४ सय ४८ मतदाता रहेको नलगाडमा १० हजार ६ सय ८ मत खसेको थियो । यस अघि यो पालिकाको उपप्रमुख नेपाली काँग्रेसले जितेको थियो । उपप्रमुख सरिता सिहको गत बर्ष भुकम्पमा परि निधन भएपछि उक्त पद रिक्त भएको थियो । उनी काँग्रेस माओवादी गठबन्धनबाट विजयी भएकी थिइन । यस पटक दलहरु एक्लाएक्लै चुनाव लडेका थिए । नलगाडमा नगरप्रमुख पनि माओवादी केन्द्रले नै जितेको छ ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya