कुशे- ७ को वडाध्यक्षमा नेपाली काँग्रेस विजयी

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाँउपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका खम्ब बहादुर सिंह १५ मतको मतान्तरले विजयी भएका छन् । काँग्रेस उम्मेदवार सिंहले ३ सय ४७ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका डम्बर बहादुर घर्तीले ३ सय ३२ मत प्राप्त गरेका छन् । एक हजार ३ सय २ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा ९ सय ५६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेका गोरख बहादुर नेपालीले २ सय ५२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्रीले ७ मत प्राप्त गरेका छन् ।

। १५ मत बदर भएको छ । यो वडा माओवादी केन्द्रले जितेको थियो । वडाध्यक्ष मुनबहादुर घर्तीको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya