अरिङ्गालले टोकेर पुरुष र चट्याङ्ग लागेर महिलाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा अरिङ्गालले टोकेर एक जना पुरुष र चट्याङ्ग लागेर एक महिलाको ज्यान गएको छ ।

शनिवार साँझ जिल्लाको भेरी नगरपालिका–२ पोखरा बस्ने मोहनलाल कामीको को घर नजिकै चट्याङ् पर्न गई उनको श्रीमती ५५ बर्षकी कौसिला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पुरयाएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी पुरुषोतम प्रसाद पाण्डेले बताए । चट्याङ्ग लागेर उक्त घर छेउमै बाधेको भेडा समेत मरेको छ ।

bhumi-sanrakshyan

त्यस्तै, शुक्रवार राती जिल्लाको बारेकोट गाउपालिका–५ पाखा गाँउका ४२ बर्षका पृथ्वी बिक्रम शाहीको उपचारको क्रममा शनिवार ज्यान गएको प्रहरीले जनाएको छ । उनको घर नजिकैको एक रुखमा रहेको अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले टोकी घाइते भएका थिए । उनलाई उपचारका लागि आधारभुत अस्पताल लिम्सा लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि नलगाडको नगर अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी पुरुषोतम प्रसाद पाण्डेले बताए । पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम तर्फ ल्याइएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya