प्रवाह संवाददाता । जाजरकोट
नेपाल रेडक्रस सोसाइटी जाजरकोटले विपद् प्रतिकार्यका लागि उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।
जिल्लाको भेरी नगरपालिका अन्तर्गतका वडा विपद् व्यवस्थापन समितिलाई विपद् प्रतिकार्यका सामाग्रीहरु हस्तान्तरण गरेको हो । भेरी नगरपालिका वडा नम्वर १, २ र ३ मा रहेको वडा विपद् व्यवस्थापन समितिलाइ बुधवार उद्धार सामाग्री हस्तान्तरण गरिएको हो । वडा नम्बर १ का वडाध्यक्ष दीपक राना, वडा नम्बर २ का वडाध्यक्ष भीमबहादुर कार्की र वडा नम्बर ३ का वडाध्यक्ष लिला बहादुर शाहलाई विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको हो ।
कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत विपद् व्यवस्थापनका सामाग्रीहरु स्थानिय वडाहरुमा उलपब्ध गराईएको हो ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आइएफआरसीेको आर्थिक सहयोगमा विपद्पश्चात् उद्धारका लागि अत्यावश्यक मानिने विभिन्न २७ प्रकारका सामाग्रीहरु उपलब्ध गराईएको कार्यक्रम संयोजक प्रकाश कार्कीले बताए । नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाका सभापति हरीबहादुर बस्नेत, शाखाका कोषाध्यक्ष राजेन्द्र कार्की, शाखाका सदस्य तथा रेडक्रस कर्णाली प्रदेश उपमहासचिव खम्बजंग शाह तथा भूकम्प पुनर्लाभ कार्यक्रमका कर्मचारीहरुद्धारा स्थानीस्तरमा पुगी सामाग्री हस्तान्तरण गरिएको छ ।
साथै यसका अतिरिक्त कार्यक्रम संचालित वडा अन्तर्गतका टोल विकास समितिहरुलाइ विरामि ओसारपसारको लागि ३५थान स्ट्रेचर समेत हस्तान्तरण ग्रिएको छ । वडाध्यक्षहरुले उद्धारका लागि महत्वपुर्ण सामग्री प्रदान गरेकोमा रेडक्रसलाई धन्यवाद दिए ।


