ऐतिहासिक वुदवुदीको जंगल जोगाउन खलंगावासीको माग

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोट खलंगाका स्थानीय सरोकारवालाहरुले वुदवुदीको पानी मुहान र जंगल क्षेत्रलाइ जुनसुकै उपाया प्रयोग गरेर भएपनि संरक्षण गरिदिन सरोकारवाला निकाय र सरकारसंग आग्रह गरेका छन् । चरम वन विनास र पशुपन्छीको चोरी सिकारी वढेर वुदवुदी क्षेत्र उजाड वन्दा पानीका मुहानहरु डर लाग्दो ढंगले सुक्न थालेको भन्दै उनीहरुले डिभीजन वन कार्यालय, स्थानीय प्रशासन र भेरी नगरपालिका लगाएतका निकायहरुसंग यस्तो आग्रह गरेका हुन् ।

 

bhumi-sanrakshyan

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले शनिवार सदरमुकाम खलंगामा ऐतिहासिक वुदवुदीको पानी मुहान र जंगल संरक्षणका लागि छलफल गर्न आयोजना गरेको कार्यक्रममा सहभागि जिल्लाका स्थानीय सरोकारवालाहरुले समयमै वुदवुदीको जंगल संरक्षण नगरे या चरम वन विनास नरोके खलंगाको अस्तित्वमै प्रश्न उव्जिने चिन्ता व्यक्त गर्दै यसको तत्काल संरक्षणको पहल थाल्न स्थानीय सरकार र सरोकारवाला सरकारी निकायहरुसंग जोडदार माग गरेका हुन् ।

सरकारले समुदायमा हस्तान्तरण गरेको सामुदायिक वन अन्तरगतको वुदवुदी जंगल स्थानीय जनता र सरोकारवालाहरुको चरम लापरवाहिले व्यापक मात्रामा विनास भएको र जसका कारण खलंगावासीको लागि पिउने पानीको चरम संकट पर्दै गएको भन्दै खलंगा र आसपासका गाउँ वस्तीको भविस्य सुरक्षाको लागि जुनसुकै उपाया प्रयोग गरेर भएपनि जंगल जोगाउनु पर्ने उनीहरुको माग थियो । कार्यक्रममा उनीहरुले सेना, शसस्त्र प्रहरी प्रयोग गरेर भएपनि खलंगाको अस्तित्व रक्षाको पहल लिन सरोकारवालाहरुसंग आग्रह गरे ।
छलफल कार्यक्रमको सुरुमा प्रतिष्ठानका अध्यक्ष जनक केसीले वुदवुदीको ऐतिहासिक पृष्ठभुमि सहित यस क्षेत्रको महत्व हाल देखिएका समस्याहरु र समाधानका उपायाहरुका वारे एक अवधारणापत्र प्रस्तुत गरे । अध्यक्ष केसीले अवधारणापत्र प्रस्तुत गरेपछि दुइ दर्जन वढी स्थानीय सरोकारवालाहरु र अन्य व्यक्तिहरुले उक्त विषयमा आफनो सुझाव सहित धारणा राखेका थिए ।

छलफलमा स्थानीयहरुले वुदवुदी वन क्षेत्रमा हाकाहाकी रुख विरुवाहरु मास्ने काम भएको, चराचुरुंगीहरु मार्ने काम भएको, पानी मुहानलाइ असर पार्ने गरि विभिन्न गलत क्रियाक्लापहरु भएको तर यसलाइ रोक्नका लागि कुनै सरकारी निकायले कुनै पहल नगरेको भन्दै आक्रोस पोखेका थिए । जिल्लाको इतिहास, सदरमुकामको अस्तित्व र महत्वपुर्ण जैविक विविधतासंग जोडिएको वन क्षेत्र र पानी मुहान हाका हाकी नाँसिदा पनि सरकार र सरकारी निकायहरु मुखदर्शक वन्नु दुखद र रहस्यमय भएको उनीहरुको गुनासो थियो ।

उनीहरुले वुदवुदी जंगल संरक्षणका लागि यस अघि गरिएका पहलहरु अधुरा रहेको र पछिल्लो समय झन वन विनास तिव्र वनेकोले सरोकारवालाहरुलाइ निकै कडाइका साथ लाग्न सुझाव दिए ।छलफल कार्यक्रममा अधिवक्ता भीमवहादुर सिंह, समाजसेवी रमेशकुमार सिंह,नागरिक अगुवा राजेन्द्रविक्रम शाह, निर्माण व्यावसायी रणवहादुर कार्की, त्रिभुवन आधारभुत विद्यालय रिसाांगका प्रधानाध्यापक कर्णवहादुर शाही,समाजसेवी ओमवहादुर खत्री, स्थानीयहरु एमाले नेता मित्रगणेश श्रेष्ठ, प्रतिष्ठानका सदस्य खम्वजंग शाह,नेपाली काँग्रेस जाजरकोटका सचिव तेजविक्रम शाह, काँग्रेस नेता नगेन्द्र शाहले वुदवुदीको पानी मुहान र जंगल संरक्षणको लागि जुनसुकै उपाया पनि लगाउन सरोकारवाला निकायहरु तयार हुनु पर्ने सुझाव दिए । यस्तै सोहि छलफलमा राप्रपा जाजरकोटका अध्यक्ष कृष्णविक्रम शाह, जाजरकोट खलंगा सहलगानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष किरणकुमार भन्डारी, खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयका लमवहादुर खड्का, वृहत जलाधार व्यवस्थापन केन्द्र कर्णालीका वीरवहादुर चन्द,डिभीजन वन कार्यालयका वन अधिकृत अज रावल, लामापाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वलराम उपाध्याय,भगवती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विमला खड्का,त्रिभुवन माध्यमिक विद्यालय खलंगाको व्यवस्थापन समितिकी अध्यक्ष अमृता वली विसी,जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका सहसचिव राजुराजा सिंह, नेपाल पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष सहदेव वस्नेत, राष्ट्रिय सहकारी वोर्डकी सदस्य धर्मशीला वस्नेत,पत्रकार हरिहरसिंह राठौर,प्रतिष्ठानका सदस्य अच्युतप्रसाद शर्मा, अमरवहादुर शाह र सहदेवजंग शाह लगाएतले पनि वुदवुदीको जंगल सुरक्षाका लागि अव कठोर कदम चाल्नै पर्ने सुझाव दिएका थिए ।
उनीहरुले स्थानीय प्रशासन, डिभीजन वन कार्यालय र अन्य निकायले तत्काल शसक्त अभियान सुरु गर्नुपर्ने धारणा राखे । उनीहरुले सुरक्षा कर्मी प्रयोग गरेर या वुदवुदीलाइ जलाधार संरक्षित क्षेत्रको रुपमा घोषणा गरेर अघि वढ्नुपर्ने सुझाव दिएका थिए । सहभागि स्थानीयको सुझाव पछि वोल्दै प्रमुख जिल्ला अधिकारी उमानाथ अधिकारीले वुदवुदी संरक्षणको लागि स्थानीयवासीले उठाएको विषय सम्वोधनका लागि आफनो तर्फवाट सक्दो प्रयास गर्ने वताए ।

उनले कानुनी प्रक्रिया अनुसार जनताको पानी पिउन पाउने अधिकार सुरक्षाको लागि वुदवुदीको जंगल जोागाउनै पर्ने परिस्थिति आएको वताए । सामुदायिक वन उपभोक्ता समितिहरुको राय लिएर वुदवुदीको जंगल जोगाउने अभियानमा सरोकारवाला सरकारी निकायको सक्रियता वढाउन आफुले भुमिका खेल्ने पनि वताए ।
यस्तै सोहि छलफलमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीवहादुर खत्रीले स्थानीयले वुदवुदी संरक्षणको लागि उठाएको मागलाइ सरोकारवालहरुले समयमै उचित रुपमा सम्वोधन गर्नुपर्ने वताए । उनले जिल्ला सदरमुकामको अस्तित्व र जनताको जीवनसंग जोडिएको विषयलाइ सरोकारवालाहरुले गम्भीरताका साथ लिनुपर्ने वताए ।
सोहि कार्यक्रममा संविधान सभाका सदस्य तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कालीवहादुर मल्लले खलंगावासीको जीवन र भविष्यसंग जोडिएको वुदवुदीको पानी मुहान र जंगल संरक्षणको कार्यमा ढिलाइ गर्न नहुने वताए । उनले सरोकारवाला निकाय र सरकारले यस तर्फ वेलैमा सक्रियता नदेखाए भविष्यमा गम्भीर समस्या आउने भएकोले जनताकै साथ र सहयोग र सहभागितामा यो काम गर्नुपर्ने उनले वताए । प्रतिष्ठानका अध्यक्ष जनक केसीको अध्यक्षतामा सम्पन्न उक्त छलफलले विभिन्न तीनवटा निर्णयहरु पनि गरेको छ ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीका अनुसार उक्त छलफलले वुदवुदीको पानी मुहान र जंगल संरक्षणका लागि सवै सरोकारवालाहरुलाइ तत्काल आवस्यक प्रक्रिया अघि वढाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
अध्यक्षले केसीले छलफलले डिभीजन वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिहरु त्था अन्य सरोकारवालाहरुलाइ तत्काल वुदवुदीको पानी मुहान र जंगल संरक्षणको कार्यमा गम्भीरताका साथ पहल लिन अनुरोध समेत गरेको वताए । छलफलमा जिल्ला स्थित सवै जसो सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, दलका नेता कार्यकर्ताहरु, सर्वसाधारण, नागरिक समाजका अगुवाहरु, सामुदायिक वन समितिका पदाधिकारीहरु लगाएत सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya