ऐतिहासिक जाजरकोट दरबार ढल्ने अवस्थामा पुगेपछि त्रिपालको ओत

राजेन्द्र कार्की । जाजरकोट

भुकम्पले थिलोथिलो बनाएको जाजरकोट दरवारलाई जोगाउन त्रिपालले ढाकिएको छ । अत्याधिक बर्षात सँगै दरवार चुहिएर भत्किने अवस्थामा पुगेपछि यसलाई जोगाउन त्रिपालको ओत लगाईएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । दुई सय २८ बर्ष पुरानो ऐतिहासिक जाजरकोट दरबार गत कार्तिक १७ गते गएको भुकम्पले निकै क्षति पुरयाएको छ । भुकम्प गएको नौ महिना विति सक्दा पनि पुर्ननिर्माण हुन नसकेपछि भग्नावशेषको रुपमा रहेको दरवारलाई तत्काल ढल्न नदिन त्रिपालले ढाकिएको प्रमुुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । डिभिजन बन कार्यालयको सहयोग र समन्वयमा अत्यान्त जोखिमका बावजुद पनि मनसुनजन्य प्रकोप तथा बर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाक्ने काम गरिएको प्रजिअ अधिकारीको भनाई छ ।

यो दरबारमा हाल सरकारको स्वामित्वमा छ । भुकम्प अघि यस दरबारमा जिल्ला प्रशासन कार्यालय बस्दै आएको थियो । ऐतिहासिक विरासत बोकेको यो दरबार ढल्न नसकेपनि बस्न मिल्ने अवस्था छैन । भित्रभित्रै पुरै मक्किएको छ । १९९० सालको भुकम्पले भत्किएको यो दरबार पुर्ननिर्माण गरि सात तलाबाट चार तलामा झारिएको थियो । २०५० सालको भुकम्पले पुनः क्षति पुरयाएपछि पुरानै शैलीमा पुर्ननिर्माण गरिएको थियो । तर यसपटकको भुकम्पले पुनः दरबारलाइ नराम्ररी क्षति पुरयाएको छ । पुर्ननिर्माणको आवश्यकता छ ।
यसलाइ नेपाल सरकारले केहि वर्ष अघि मुलुकका सय वटा पर्यटकीय गन्तव्यको सुचीमा पनि राखेको छ । यसको निर्माण विक्रम सम्वत १८५२ मा तत्कालिन जाजरकोटी राजा इन्द्रनारायण शाहका पालामा निर्माण भएको थियो ।

bhumi-sanrakshyan

यसको पुननिर्माणका लागि १९९० साल पछि भक्तपुरका नेवार उति वेलाका इन्जिनियर नाक्चेलाइ ल्याएर यसको पुननिर्माण गरिएको थियो । यसमा प्रयोग भएको झयालको कला र स्वरुप हेर्दा सुरुकै स्वरुपमा निर्माण भएको देखिन्छ । यो दरवार ऐतिहासिक तथा पुरातात्विक हिसावले निकै महत्वपुर्ण छ । यो जाजरकोटको मात्र नभएर पुरै कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो । यसलाइ वलियो ढंगले पुननिर्माण गर्नेतर्फ सरकारले ध्यान दिनु पर्ने जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए ।
यसको मौलिकता, ऐतिहासिकता र पुरातात्वीक महत्व सुरक्षित हुने गरि पुरानै स्वरुपमा भुकम्पीय जोखिममुक्त तरिका अपनाएर पुननिर्मिाण गर्नु पर्छ । जाजरकोट दरवारलाइ संग्राहलयको रुपमा विकास गर्ने अभियान जाजरकोट सम्पदा संररक्षण प्रतिष्ठानले सुरु गरेको छ यसमा सवै क्षेत्रको साथ र सहयोगको आवश्यकता छ अध्यक्ष केसीले भने ‘ऐतिहासिक सम्पदा हाम्रा सम्पति हुन् ।’

जाजरकोट दरबार जस्तै दर्जनौ सरकारी कार्यालय, विद्यालय, मठमन्दिर, निजी आवास लगायतका भौतिक संरचना बर्षात सँगै पानी चुहिएर थप जोखिममा परेका छन् । चर्चिएका भवनमा पानी चुहिदा जतिवेला पनि ढल्न सक्ने र थप जोखिम निम्तन सक्ने भन्दै स्थानिय प्रशासनले सचेत रहन र सर्तकता अपनाउन आग्रह गरेको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya