July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

टिएलसीमा सकसपुर्ण पढाइ, टिनले पोलेर हैरान

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

टिनकै बारवेर, टिनकै छाना । त्यही भित्र सकसपुर्ण पठनपाठन । जव घाम छिप्पिदै जान्छ तव टिनले पोलेर हैरान बनाउँछ, गर्मीले गर्दा पढनै सकिदैन, भेरी नगरपालिका १ कालेगाँउ स्थित शिव माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत छात्र सुमनराज नेपालीले भने भुकम्पले विद्यालय भवन भत्किदा पठनपाठनमा निकै समस्या भएको छ । भुकम्प पछि बनाईएका अस्थायी सिकाई केन्द्र (टिएलसी)मा पठनपाठनमा निकै सकस हुने गरेको छ । दिउसो टिनको तातोले पोलेर पढ्नै नसकेपछि विहान ६ बजे देखि कक्षा संचालन गरिएको छ तर ९ नबज्दै पोल्न थालिहाल्छ उनले भने ‘यसरी कहिले सम्म चल्ने हो ? हाम्रो विद्यालय कहिले बन्छ ? ।’

भेरी नगरपालिका १ रिम्ना स्थित भेरी त्रिवेणी माध्यमिक विद्यालय भवन भुकम्पले भत्किएपछि नेपाल विद्यार्थी संघ र चुजी फाउन्डेसन लगायतका संघ संस्थाको पहलमा बनेका अस्थायी सिकाई केन्द्र (टिएलसी) मा पठन पाठन भैरहेको छ । तर ति सिकाई केन्द्रमा गर्मी र बर्षातको बेला बढ्न निकै कठिन भैरहेको विद्यार्थीको भनाई छ । अहिले टिनले पोलेर कक्षामा बस्नै सकिदैन । पानी पर्यो भने टिन बजेर पढाएको सुन्न नै सकिदैन उक्त विद्यालयका बालक्लबका अध्यक्ष विन्दुकमल रानाले भने ‘भुकम्प पछि पढाइमा निकै समस्या भैरहेको छ । कहिले हावाहुरी त कहिले पानी परेर सताउँछ । अहिले घामले पोलेर हैरान बनाएको छ ।’

त्रिवेणी माविका प्रधानाध्यापक प्रेम पुनले अस्थायी सिकाई केन्द्रमा शिक्षण गर्न निकै कठिन भैरहेको बताए । उनले शौचालय, खानेपानी, आईसीटी ल्याव, विज्ञान प्रयोगशाला लगायतमा भुकम्पले क्षति पुरयाएको तर पुर्नर्निर्माणमा ढिलाई हुँदा पठनपाठनमा समस्या भएको बताए । भौतिक क्षतिका साथै धेरै विद्यार्थीमा डराउने, झोक्रने लगायतका मनोसामाजिक समस्या समेत बढेको र पढाईमा ध्यान नदिने गरेको उनको भनाई छ ।

सामाजिक विकास कार्यालय जाजरकोटका अनुसार ४ सय २३ सामुदायिक विद्यालय रहेको जाजरकोटमा भुकम्पले ३ सय ४१ विद्यालयका २ सय ८९ भवन पुर्ण र ५ सय ९८ आँशिक रुपमा क्षति भएको छ । भुकम्पले १ सय ३ शौचालय पुर्ण र १ सय ८१ विद्यालयका शौचायल आँशिक रुपमा क्षति भएका थिए । ५१ विद्यालयको घेराबार, २६ विद्यालयको आईसिटी ल्याव र सोलार सिस्टममा क्षति पुगेको थियो । गएको कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको ६.४ रेक्टर स्केलको भुकम्पमा परि एक जना शिक्षक र २४ जना विद्यार्थीको मुत्यु भएको थियो । ५ जना शिक्षक र ९७ जना विद्यार्थी घाइते भएका थिए । सवै भन्दा बढी भेरी नगरपालिका र नलगाड नगरपालिकामा भौतिक तथा मानवीय क्षति भएको थियो । भुकम्पमा परि जिल्लाभर एक सय एक जनाको ज्यान गएको थियो ।

भुकम्प गएको सात महिना विति सक्दा पनि अहिले सम्म क्षति भएका संरचनाको पुर्ननिर्माण हुन सकेको छैन । स्थानिय सरकार, सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइका साथै केही संघ संस्थाको पहलमा ४ सय १ अस्थायी सिकाई केन्द्र निर्माण गरेर पठनपाठन भैरहेको सामाजिक विकास कार्यालयका प्रमुख यज्ञश्वर खत्रीले बताए । ‘केही समयका लागि काम चलाउ रुपमा बनाईएका सिकाई केन्द्रबाटै लामो समय पठनपाठन गर्नु पर्ने बाध्यता भैरहेको छ । पुर्ननिर्माण नुहँदा सम्म टिएलसीबाटै जेनतेन शिक्षण गराउनुपर्ने बाध्यता छ । सिकाई केन्द्रमा टिनले पोलेर पठनपाठनमा समस्या भैरहेको पाएका छौ । केही दिन अघि आएको हावाहुरीले ५० भन्दा बढी सिकाई केन्द्रहरुका छाना उडाएको छ । बर्षा सुरु हुँदैछ झन समस्या हुने देखिन्छ’, खत्रीले भने ‘क्षतिग्रस्त विद्यालय भवन पुर्ननिर्माणमा सम्बन्धित निकाय गंभिर बन्नै पर्छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad