June 23 - 2024, Sunday१० असार २०८१, आईतवार

चेक बाउन्समा रुकुम पश्चिमका पत्रकार विष्ट पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

चेक बाउन्सको अभियोगमा रुकुम पश्चिमका पत्रकार अर्जुन विष्ट पक्राउ परेका छन् । बारेकोट गाँउपालिका ९ लैखमकी विष्णु भण्डारीले चेक बाउन्सको उजुरी दिएपछि विष्ट पक्राउ परेका हुन् ।

रुकुम पश्चिम आठविसकोट नगरपालिका ९ निवासी ३० बर्षिय विष्टलाई गत बुधवार जाजरकोट प्रहरीले पक्राउ गरेको प्रहरी प्रबक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए । सौर्य दैनिकका सम्बाददाता तथा ताजा पत्रिकाका प्रधान सम्पादक रहेका विष्टलाई बैकिंङ्ग कसुर सम्बन्धी मुद्धा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ । कति रकमको चेक बाउन्स भएको सम्बन्धमा प्रहरीले रकम खुलाउन चाहेन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad