June 23 - 2024, Sunday१० असार २०८१, आईतवार

समाजसेवी सीता भण्डारीलाई नागरिक अभिनन्दन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
समाजसेवी सीता भण्डारी (ठाँइली फुपु) लाई नागरिक अभिनन्दन गरिएको छ । पाँच दशक देखि समाज सेवा गदै आउनु भएका समाजसेवी भण्डारीले भेरी नगरपालिका ४ रामजानकी टोल स्थित राममन्दिरका र सामुदायिक भवन निर्माणका लागि जग्गा प्रदान गर्नुभएको छ । साथै मन्दिर निर्माणमा समेत आफ्नो ब्यक्तिगत लगानी समेत गर्नु भएको छ । नागरिक समाजको तर्फबाट राजेन्द्र विक्रम शाह र भेरी नगरपालिका ४ का वडाध्यक्ष बसन्त प्रसाद शर्माको हस्ताक्षरित सम्मान पत्र एक कार्यक्रमबा विच प्रदान गरिएको हो । सम्मान पत्रमा भनिएको छ । ‘हाम्रा लागि उत्प्रेरणात्मक, उदाहरणीय, स्मरणीय एवं अनुकरणीय रहंदै आएको यहांको करिव ५ दशक लामो अविचलित अनवरत तथा निस्वार्थ शैक्षिक, आध्यात्मिक, धार्मिक तथा सामाजिक सेवाका लागि हार्दिक सम्मान गर्दछौं ।

यहांले परिकल्पना गर्नु भएको जाजरकोटी समाजको वृहद एकता, कल्याण र सुख शान्तिको दिशामा हामी आ आफ्नो भूमिकामा समर्पित रहने कटिवद्धता प्रस्तुत गर्दै समादरणीय व्यक्तित्वको सुस्वास्थ््य, दीघार्यु र आत्मिक शान्तिको मंगलमय शुभकामना सहित गणतन्त्र दिवश, २०८१ का दिन नागरिक सम्मान पत्र अर्पण गर्दछौं । ’
सरल स्वभाव, सादगी जीन्दगी, हिन्दु धर्म प्रतिको गहिरो आस्था र विश्वास, निडर र साहसि, समाजसेवी यी विशेषता बोकेकी ठाँइली फुपु अर्थात सुश्री सीता भण्डारी पछिल्लो पुस्ताको प्रेरणाको स्रोत हुनुहुन्छ ।

स्वर्गीय टीकाप्रसाद भण्डारी र भद्रशीला भण्डारीकी ठाँईली छोरीको रुपमा १९९८ सालमा जन्मिनु भएकी उहाँ अविवाहिता हुनुहुन्छ । तीन दाईकी पाँच भाउजु हुनुहुन्थ्यो, केटाकेटी (भतिजभतिजा) धेरै थिए । तिनिहरुको स्याहारसुसार गर्ने देखि दिसापिसाव सफा गर्ने कुराका साथै भाउजुहरुलाई परेको बोझ देखेर सानैमा वाक्क लाग्यो । म त विहे गर्दिन भनेर आमाालाई भनेको थिए । १७, १८ बर्ष भएको बेला स्वर्गद्धारी गएका थियौ । त्यहा ढकरमहाराज सँग उक्त कुरा आमाले भन्नु भएछ । उसले इच्छा गरे विहे गरिदिनु नभए करबल नगर्नु भन्नुभएछ उहाँले । त्यसपछि कसैले कर गर्नु भएन । यत्तिकै जीन्दगी वितिहाल्यो । ८१ बर्षको भैसके, खुसी नै छु । विहे नगरेकोमा कुनै पछुतो छैन उहाँले भन्नुभयो । आफुलाई जे गर्दा सन्तुष्टी हुन्छ त्यही गर्नु पर्छ । औपचारिक शिक्षा नलिएपनि बुवा सँग घरमै पढेर रामायन, गिता, महाभारत, सस्कृत, नवदुर्गा लगायतका पुस्तक मजाले अध्ययन गर्न सक्छु । हिन्दु धर्म प्रति गहिरो आस्था र विश्वास छ ।

जाजरकोट खलंगामा रहेको राममन्दिर मेरो बुवाले स्थापना गुर्नभएको हो । हामीले नै जग्गा दिएर मन्दिर स्थापना गर्यौ । मैले मेरै लगानीमा मन्दिरको मर्मत, सभाहल बनाउने काम गरेकी छु । बेला बेला मन्दिरमा सप्ताह, नबाहा लगाउने गरेकी छु । मन्दिर राम्रो बनाउने हो भने नजिकै जोडिएको घर समेत दिन तयार छु । धेरै ठाँउ सहयोग मागे कतैबाट पाउन सकेको छैन । पत्थरको पुरानो हनुमान मुर्ति थियो राममन्दिरमा त्यो पनि चोरी भयो । संरक्षण हुन सकेन दुःख लागेको छ । हाम्रो देश नेपाललाई धर्मनिरपेक्ष बनाएकोमा निकै दुःख लागेको छ । यो देश हिन्दु राज्य हो र हुनपर्छ ।

म पञ्चायकालमा महिला संगठनको सभापति भएर पनि काम गरे । थाप्लेमा सिल्पकला भवन बनायौ । बोहरामा खानेपानी र विद्यालय स्थापना गर्यौ । बुवाको संझनामा त्रिभुवन मावि खलंगामा दुई लाख रुपैयाको टीकाप्रसाद स्मृति छात्रवृत्ति स्थापना गरेर त्यसबाट प्राप्त ब्याजबाट हरेक बर्ष गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने गरिएको छ । मैले तत्कालिन राजा विरेन्द्रबाट समाज सेवा पदक पनि प्राप्त गरे । कामको मुल्यांकन गरेर पदक पाएकोमा आत्मसन्तुष्टि हुँदो रहेछ उहाँले भन्नुभयो ।

समाजमा शान्ति, सहिष्णुता कामय हुनु पर्छ । गरीव दुःखीहरुको सेवा गर्नु पर्छ । ठुला घर बनाएर मात्र हुँदैन अनुशासन, धार्थिक विश्वास हुनुपर्छ । सेवाभाव हुनु पर्छ । चोरी गर्ने, कुलतमा लाग्ने, अरुको कुभलो चिताउने गर्नु हुँदैन उहाँले भन्नुभयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad