June 23 - 2024, Sunday१० असार २०८१, आईतवार

अस्थायी आवासको दोस्रो किस्ता निकासा माग गर्न पालिकालाइ प्रशासनको निर्देशन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटका भुकम्प पिडितको अस्थायी आवासको दोस्रो किस्ताको रकम माग गर्न स्थानिय प्रशासनले सोमवार पालिकाहरुलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले सात ओटै स्थानिय तहलाई पत्र लेख्दै विपद पोर्टलमा आवश्यक कागजात इन्ट्री गरि दोस्रो किस्ता रकम माग गरेर पिडितलाई वितरण गर्न अनुरोध गरेको प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।

भुकम्प गएको सात महिना पुग्न लाग्दा पनि पिडितले अस्थायी आवासको दोस्रो किस्ता रकम पाउन सकेका छैनन् । अस्थायी आवास कार्यविधि २०८० अनुसार पिडितले घर भत्काउनु पर्ने प्रावधानका कारण स्थानिय तहलाई दोस्रो किस्ता रकम दिन समस्या भएको छ । भुकम्पले चर्किएका तर भत्किनसकेका घरमा पिडितहरुले मालसमान, पशुचौपायका समेत राख्ने गरेका छन् । टिनको अस्थायी आवासमा पोल्न थालेपछि केही पिडित चर्किएकै घरमा बसिरहेका छन् । उनीहरु घर भत्काउन चाहदैनन् । घर नभत्काउँदा वडाले आफु फस्ने डरले सिफारिस दिन आनाकानी गरिरहेका छन् । जसका कारण दोस्रो किस्ता रकम जिल्ला विपद ब्यवस्थापन तथा न्युनिकरण समितिको खातामा थन्किएको छ भने पिडितले अस्थायी आवास बनाई सक्दा पनि पाउन सकेका छैनन् । लामो समय देखि दोस्रो किस्ता रकमका लागि पिडितहरु कुरिरहेका छन् ।

भुकम्प पिडितबाट रकम असुली बन्द गर्न निर्देशन

केही पालिकाले भुकम्प पिडितबाट सिफारिसको नाममा रकम असुलि रहेको पाईएको छ । भुकम्प पिडितबाट सिफारिसको नाममा रकम असुली भैरहेको गुनासो आएपछि स्थानिय प्रशासनले रकम नउठाउन निर्देशन दिएको प्रशासकिय प्रमुख हरिश्चन्द्र शर्माले बताए । स्थानिय तहले भुकम्प पिडितबाट विभिन्न बहानामा रकम लिएको गुनासो आएकोले तत्काल फिर्ता गर्न आग्रह गरिएको शर्माले बताए ।
बारेकोट गाँउपालिकाले प्रति भुकम्प पडित परिवारबाट दोस्रो किस्ता सिफारिस बापत पाँच सयका दरले रकम संकलन गरिएको स्थानियको भनाई छ । त्यस्तै नलगाड नगरपालिकाले पनि प्रति परिवार एक हजारका दरले रकम असुल गर्ने निर्णय गरेको थियो । प्रशासनको निर्देशन पछि पनि नलगाडको वडा नम्बर ३ ले निर्णय नै गरेर रकम असुल गरिरहेको पाईएको छ । बारेकोटमा पनि रकम संकलन भैरहेको स्थानियको भनाई छ । प्रशासनको निर्देशन पछि रकम फिर्ता गर्ने कि के गर्ने भनेर जनप्रतिनिधीहरु छलफल गरिरहेको बारेकोटका स्थानिय दानबहादुर शाहीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad