July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

बलत्कार अभियोगमा युवक पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट
बलत्कारको अभियोगमा जाजरकोटमा एक युवक पक्राउ परेका छन् । भेरी नगरपालिका ५ छिप्रेनाका २६ बर्षिय दुर्गबहादुर वि.क.लाई जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

दुुर्गबहादुरले स्थानिय १९ बर्षिया एक किशोरीलाई जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए । गत फागुन ८ गते घरमा सुतिरहेको बेला ति किशोरी बलत्कृत भएकी थिईन । बलत्कृत किशोरी सुस्तमनस्थितिकी रहेको बताईएको छ । उक्त घटनालाई गाँउमै मिलाउने प्रयास सफल नभएपछि मात्र मुद्धा प्रहरी कार्यालयमा आईपुगेको थियो ।

जाहेरी परे लगत्तै प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको सुचना अधिकारी नेपालीले बताए । गत बर्ष पनि सोही गाँउमा एक बोल्न नसक्ने बालिका बलत्कृत भएकी थिईन । बलत्कारमा संलग्नहरु अहिले सम्म पत्ता लाग्न सकेका छैनन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad