‘भुकम्पले क्षति ग्रस्त जाजरकोट दरवारलाइ मौलिक रुपमै पुननिर्माण गरिनु पर्छ’–अध्यक्ष केसी

lagu ausadhi biruddha abhiyan jajarkot

दुई सय २८ बर्ष पुरानो ऐतिहासिक जाजरकोट दरबार गत कार्तिक १७ गते गएको भुकम्पले निकै क्षति पुरयाएको छ । ऐतिहासिक विरासत बोकेको यो दरबार ढल्न नसकेपनि बस्न मिल्ने अवस्था छैन । भित्रभित्रै पुरै मक्किएको छ । १९९० सालको भुकम्पले भत्किएको यो दरबार पुर्ननिर्माण गरि पाँच तला बाट तीन तलामा झारिएको थियो । २०५० सालको भुकम्पले पुनः क्षति पुरयाएपछि पुरानै शैलीमा पुर्ननिर्माण गरिएको थियो । यही दरबारको ऐतिहासिक पक्ष र पुर्ननिर्माणका विषयमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी सँग प्रवाह अनलाइनका लागि सम्पादक राजेन्द्र कार्कीले गरेको कुराकानीको सारसंक्षेप

१. यो दरबारको ईतिहास के हो ?

यस दरवारलाइ जाजरकोटको सेतो दरवार भनिन्छ । यसलाइ नेपाल सरकारले केहि वर्ष अघि मुलुकका सय वटा पर्यटकीय गन्तव्यको सुचीमा पनि राखेको छ । यसको निर्माण विक्रम सम्वत १८५२मा जाजरकोटी राजा इन्द्रनारायण शाहका पालामा निर्माण भएको । यो भन्दा अघि जाजरकोट खलंगामै यहि दरवारकै पस्चिम पटिट रहेको रातो दरवार जसलाइ विक्रम सम्वत १८०० देखि १८११ सालको विचमा वनाइएको थियो त्यसवाट जाजरकोट राज्यको राजकाज चलेको थियो ।

२. दरबार कसरी बन्यो (श्रमदान वा योजना)?

दरवार जाजरकोटी राजाको आदेशमा जनताको श्रमदान वाट वनेको हो । यसका लागि जनतालाइ तोकिएको श्रम जनताले पुरा गरेर निर्माण भएको हो । अहिले यो दरवार क्षेत्र अर्थात सेतो दरवार र रातो दरवारलाइ जिल्लाको मात्र नभइ समग्र कर्णालीकै मुख्य ऐतिहासिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि दरवार संग्राहलय वनाउने अभियान पनि जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाइमा सुरु भएको छ ।

२. यसअघि पनि कति सालमा भत्किएको थियो? यसलाई कसरी पुनःनिर्माण गरिएको थियो ?

यस अघि जाजरकोट दरवार १९९० साल माघ २ गतेको महाभुकम्पमा भत्किएको र पुननिर्माण भएको फेरि यो दरवाको पस्चिम पटिटको नाल २०५० सालको भुकम्पले क्षतिग्रस्त हुदा २०५१ सालमा पुननिर्माण भएको ।

३. सुरुमा कति तलाको थियो, पुनःनिर्माण गर्दा कति तलाको बन्यो ?

सुरुमा यो दरवार कसैले सात तलाको भन्ने गरेको र कसैले पाँच तलाको भन्ने गरेका छन् । धेरै जसोका अनुसार यो दरवार पाँच तलाको भएको वुझिन्छ । पछि यसलाइ तीन तलामा पुननिर्माण गरियो । यसलाइ राज्य र सरोकारवालाहरुले उचित ध्यान नदिदा ओझेल मात्र परेको छैन जीर्ण पनि भएको छ । भुकम्पले यी दुवै दरवारहरुलाइ निकै क्षति पुरयाएको छ । यसको पुननिर्माणको लागि सरकारले पहल लिनै पर्छ ।

४. यसको संरचना सुरुदेखि नै यस्तै थियो कि पुनः निर्माण गर्दा परिवर्तन भयो ?

दरवारलाइ पुननिर्माण गर्नु भन्दा अघिको स्वरुपवारे कसैलाइ जानकारी छैन तर सुरुकै स्वरुपमा पुननिर्माण भएकै हुनुपर्छ । यसको पुननिर्माणका लागि १९९० साल पछि भक्तपुरका नेवार उति वेलाका इन्जिनियर नाक्चेलाइ ल्याएर यसको पुननिर्माण गरिएको थियो । यसमा प्रयोग भएको झयालको कला र स्वरुप हेर्दा सुरुकै स्वरुपमा निर्माण भएको देखिन्छ । तर अहिले यसका धेरै मौलिक स्वरुपहरु अस्तित्वमा छैनन् । सरकारले रेखदेखको राम्रो ध्यान नदिएका कारण । मर्मतको नाउँमा जाजरकोट दरवारको मौलिकता विगार्ने काम स्थानीय सरोकारवाला निकाय र सरकारी पक्षले नै गरेका छन् ।

५. दरबारबाट कति जना राजाले शासन गरे? पहिलो र अन्तिम राजा कोको थिए ?

रातो दरवारमा मन्दिर शाह देखि गजेन्द्रनारायण शाह गरि चार जना राजाले र सेतो दरवारमा सुरुमा इन्द्र नारायण शाह देखि अन्तिममा स्वयमप्रकाश विक्रम शाहले शासन गरे । अन्तिम भनिएका राजा प्रकाशविक्रम जाजरकोटमै वसेनन र त्यो वेला राज्य रजौटा पनि उन्मुलन भइसकेको थियो । यो अनुसार सेतो दरवारमा ७ वटा राजाले यहाँ राज्य गरेको देखिन्छ ।

६. दरबारमा सरकारी कार्यालय राख्ने निर्णय कहिलेदेखि भयो? जाजरकोट राज्य हुँदाखेरि बनेको यस्ता कति संरचनामा अहिले सरकारी निकाय छन् ?

यो दरवारमा सरकारी कार्यालय राख्ने त जव जाजरकोटी राजा प्रकाश विक्रम शाहले २०४२ सालमा यो दरवारलाइ नेपाल सरकारसंग ६० हजारमा विक्रि गरे त्यसै वेला देखि यो सरकारी सम्पतिको रुपमा परिणत भयो । तर यहाँ २०१७ साल देखि नै राजाहरु वस्न छोडेपछि केहि सरकारी काम हरु यहाँवाट हुन थालेको स्थानीय वुढापाकाहरुको भनाइ छ ।

७. फेरि पनि भुकम्पले गर्दा यो दरबार जोखिममा छ, यसलाई अब कसरी जोगाउन सकिन्छ ?
दरवार ऐतिहासिक तथा पुरातात्विक हिसावले निकै महत्वपुर्ण छ । यो जाजरकोटको मात्र नभएर पुरै कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो । यसलाइ वलियो ढंगले पुननिर्माण गर्नेतर्फ सरकारले ध्यान दिनु पर्छ । यसको मौलिकता, ऐतिहासिकता र पुरातात्वीक महत्व सुरक्षित हुने गरि पुरानै स्वरुपमा भुकम्पीय जोखिममुक्त तरिका अपनाएर पुननिर्मिाण गर्नु पर्छ । जाजरकोट दरवारलाइ संग्राहलय वनाउने अभियान जाजरकोट सम्पदा संररक्षण प्रतिष्ठानले सुरु गरेको छ यसमा सवै क्षेत्रमो साथ र सहयोग पनि प्राप्त भइरहेको छ । हामीले कर्णाली प्रदेश सरकार र संघीय सरकारलाइ पनि जाजरकोटका जनप्रतिनिधि मार्फत जाजजरकोट दरवारको पुननिर्माण र एतिहासिक दरवार संग्राहलय निर्माणका लागि विशेष अनुरोध पत्र पनि वुझाइसकेका छौं ।

८. अहिले भएको जिल्ला प्रशासन त्यसमा हुन ठिक छ वा यत्तिकै छोड्नुपर्छ ? 
जिल्ला प्रशासन कार्यालय आफनै भवन वनाएर यो दरवारवाट सार्नु पर्छ । यसलाइ ऐतिहासिक संग्रहालय वनाएर यसको संरक्षण तर्फ सरकारल विशेष पहल गर्नु पर्छ ।यसको मौलिकता ऐतिहासिकता र पुरातात्वीक महत्वलाइ जोगाउने तर्फ सरकारले विशेष पहल र चासो लिनु पर्छ ।

अर्को दरबार (माथिल्लो थाप्ले)ः
१. यसको सुरु ईतिहास ?

माथि थाप्लेमा दुइवटा दरवार छन् । एउटा माथि थाप्ले कटहरको रुख नजिकको अर्काे तल्लो थाप्ले हनुमान प्राथमिक विद्यालयको पुर्वपटिटको दरवार । यी दुवैको इतिहासको कुरा गर्दा माथि थाप्लेको दरवार जाजरकोटी राजा जंगवहादुर शाहका छोराहरु समरध्वज शाह, रणध्वज शाह र सुर या शोरवहादुर शाहले जाजरकोटी जनताको सहयोगमा विक्रम सम्वत १९४२ सालमा निर्माण गरेका हुन् भने अर्काे तल्लो थाप्लेको दरवार जाजरकोटी राजा जंगवहादुर शाहकै अर्का छोराहरु शक्तिवद्र्धन शाह,अमरवहादुर शाह,नरसम्शेर शाह र नरजंग शाहले विक्रम सम्वत १९५० सालमा निर्माण गरेका हुन् ।

२. माथिल्लो थाप्लेमा एफएम भएको घर दरबार नै हो ?

खासमा यी दुवैदरवारहरु राज्य सन्चालनका लागि भन्दा पनि जाजरकोटी राजाका भाइछोराहरुका लागि भनेर वनाइएका भवनहरु हुन् । यीनको निर्माण पनि दरवारकै स्वरुपमा गरिएको छ । राजाका भाइ छोराहरु धेरै भएर उनीहरुका वसाइ व्यवस्थापनका लागि यी दुइ दरवारहरु वनाइएको देखिन्छ ।

३. कृष्णविक्रम शाह, दीपकजंग शाही लगायतका व्यक्तिको स्वामित्व रहेका माथिल्लो थाप्लेका प्रायः घरहरु दरबार जस्तै देखिन्छन्। के तिनी दरबारकै संरचना हुन् ?

मैले माथि भने अनुसार यी सवै जाजरकोटी राजाका भाइ छोराका सन्तानहरु हुन् । यीनीहरुको वाजे परवाजेहरुले प्रयोग गरेका घरहरु हुन यी ।

४. यदि माथिल्लो थाप्लेका ती घरहरु दरबारको संरचनामा बनाईएको भए को बस्थे? पछि कसरी व्यक्तिको स्वामित्वमा आए ?
यी राज्य सन्चालन गर्ने दरवार हैनन् । यीनमा राजाका भाइछोराहरु वसेका हुन उनीहरुकै लागि उति वेला वनेका हुन् । त्यसैले यी उनीहरुकै नाउँमा दर्ता भएका छन् ।

५. जाजरकोट राज्य हुँदा मन्त्रिमण्डल हुन्थ्यो की हुन्थेन? यदि हुन्थ्यो भने उनीहरुको निवास कुनमा हुन्थ्यो ?

जाजरकोट राज्य हुदा मन्त्री मन्डल भएको पाइदैन तर एक जना व्यक्तिलाइ मन्त्रीको रुपमा राख्ने चलन देखिन्छ पछि त्यसपछि राज्यमा मन्त्रीको काम गर्नेलाइ काजी भनिन्थ्यो । राज्यमा काम गर्नका लागि एक जना मन्त्री र अन्य विभागीय काम गर्नका लागि जिम्मेवारी तोकिएका व्यक्तिहरु हुने गरेको र उनीहरुले नै राज्यका विभिन्न कामहरु गर्ने गरेको पाइन्छ । मन्त्री अर्थात काजीको रुपमा जिम्मेवारी पाएका व्यक्ति र तिनका परिवार जाजरकोट राजाको दरवारको छेउमै वस्ने गरेको पाइन्छ भने उनीहरुको विशेष सुविधाको पुर्ति जनताद्धारा उठाइएको करवाट हुने गरेको पाइन्छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad