July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

चिसोले जाजरकोटमा भुकम्प पिडित सुत्केरीको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
चिसोका कारण जाजरकोटमा एक भुकम्प पिडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार बिहान मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष देविका शाहीले बताइन ।

उपाध्यक्ष शाहीका अनुसार त्रिपालमा बस्दै आएकी उनी चिसोले केही दिन देखि सुन्निएकी थिईन । विरामी परेपनि उपचारमा वेवास्ता हुँदा उनले अकालमा ज्यान गुमाउनु परेको हो । मंसिर १७ गते सुत्केरी भएकी उनको छोरा जन्मिएको थियो । यस अघि दुई बर्षको अर्को छोरा पनि छ । आर्थिक रुपमा निकै विपन्न त्यो परिवारलाई गास बासकै समस्या थियो । विहान बेलुकाको छाक टार्न समेत धौ धौ पथ्र्यो । भुकम्पले घरमा क्षति पुगेपछि गर्भवति श्रीमती सहित त्रिपालमा बस्दै आएका थियौ श्रीमान गोपे सुनारले भने ‘चिसोले मुख र जीउ सुन्निएको थियो । सुत्केरी भएदेखि नै विरामी थिईन । ठिक भैहाल्ला भनेर गाँउघरकै सामान्य ओख्तोमुलो गर्न तिर लाग्यौ । एक्कासी यसरी प्राण जाला भन्ने ठानेका थिएनौ । के गर्ने म अभागीको जीवन साहारा खोसियो । भुकम्पले बाँचे पनि चिसोले बचाउन सकिएन ।’

यस अघि चिसोकै कारण तीन बालबालिका सहित २९ जना जाजरकोट र ५ जना रुकुम पश्चिमका गरी ३४ जनाको ज्यान गैसकेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad