July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

महिला मन्त्रीद्वारा जाजरकोटका भूकम्प प्रभावित समुदायहरुको लागि विन्टराइजेशन टेन्ट हस्तान्तरण

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले भुकम्प प्रभावितहरुलाई चिसोबाट जोगाउन न्यानो टेन्ट हस्तान्तरण गरेका छन् ।
सोमबार जाजरकोटको भेरी ( १ रावत गाँउस्थित सेभ द चिल्ड्रेनद्वारा जारी भूकम्प प्रतिकार्य कार्यक्रमको स्थलगत अवलोकन भ्रमण गर्ने क्रममा भूकम्पबाट प्रभावित समुदायहरुलाई अत्याधिक जाडोबाट जोगाउन यूरोपेली संघद्वारा सेभ द चिल्ड्रेनलाई प्रदान गरिएका विन्टराइजेशन टेन्टहरु भूकम्प प्रभावित समूहलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्री आचार्यले भूकम्पबाट प्रभावित समुदायहरुको संरक्षण, सुरक्षा, र पुनस्र्थापना सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेका बताए । उनले महिला, बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक लगायतका अति प्रभावितहरुसम्म यथासीघ्र अत्यावश्यक राहत तथा अन्य सहयोग पु¥याउन सरकारले सेभ द चिल्ड्रेन लगायत अन्य संघ सस्थाहरुसँग निकटरुपमा सहकार्य गर्दै आइरहेको बताए ।
सेभ द चिल्ड्रेनकी कार्यवाहक राष्ट्रिय निर्देशक तारा क्षेत्रीले विपद्को बेलामा भूकम्पबाट अति प्रभावित समुदायको जीवन रक्षा गर्ने सहायता लिएर तत्काल पुग्न सरकार, स्थानीय साझेदारहरुको सहकार्यबाट संभव भएको बताईन । यूरोपेली संघद्वारा प्रदान गरिका विन्टराइजेशन टेन्टहरुले अत्याधिक जाडोको सामना गरिरहेका कैयौं बालबालिका, महिला र बृद्ध नागरिकहरुको ज्यान जोगाउनेछ भन्ने विश्वास छ उनले भनिन भूकम्प गएयता भूकम्प प्रभावित क्षेत्रमा तीन जना बालबालिका सहित ३४ जनाको अत्याधिक चिसोको कारण मृत्यु भैसकेको छ ।
गत मंसीर २२ गते यूरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई वितरण गर्न पाँच तारा युवा संरक्षक मन्च र पहाडी क्षेत्र विकास अभियान मार्फत ८ सय थान विन्टर टेन्ट प्रदान गरेको थियो । अन्य सामान्य टेन्टहरुभन्दा फरक तथा चिसो मौसमलाई लक्षित गरी विशेष तवरले निर्मित यी विन्टराइजेशन टेन्टहरु अग्निरोधी, जलरोधी र चुल्होयुक्त छन् । प्रत्येक टेन्टले प्रयोगकर्तालाई २३ वर्गमिटरको बासस्थल प्रदान गर्दछ ।
भूकम्प पश्चात् मानवीय सहायता कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनले विशेषगरी बालबालिका र उच्च जोखिममा रहेका व्यक्तिहरुको संरक्षण गर्न भूकम्प प्रभावित समुदायहरुको लागि अस्थाई बासस्थल निर्माण, विन्टराइजेशन टेन्टहरु, मनोसामाजिक सहयोग, बालबालिकाको लागि वैकल्पिक शिक्षा तथा बाल हेरचाह केन्द्रसम्बन्धी सहयोग प्रदान गर्दै आएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad