चार सय सुत्केरीलाई सेभ द चिल्ड्रेन र पाँचताराले दियो अत्याधुनिक टेन्ट

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

सेभ द चिल्ड्रेन र पाँचताराद्धारा जाजरकोटको नलगाड र रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भुकम्प पिडित सुत्केरीलाई चार सय टेन्ट वितरण गरिएको छ । सेभ द चिल्ड्रे«न सँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले सम्बन्धित पालिका र जिल्ला विपद ब्यवस्थापन समितिको समन्वयमा न्यानो ओछ्यान र चुलो समेत जडान गरिएको टेन्ट वितरण गरिएको हो । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह उपस्थितिमा साता अघि सुरु गरिएको टेन्ट वितरण कार्यक्रम शनिवार जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले समापन गरेका हुन् ।

नलगाड नगरपालिकाका विभिन्न वडामा २ सय ५० परिवारलाई विशेष प्रकारको टेन्ट वितरण गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट अध्यक्ष छवी पन्तले जानकारी दिए । उनका अनुसार दुई बर्षमुनीका बच्चा भएका महिला र ५ महिना भन्दा माथिका गर्भवति महिला, क र ख वर्गका अपाङ्कता भएका व्यक्तिहरु रहेका छन् । ओछ्याउनलाई विन्टराईजेसन किट भएको टेन्टमा धुवा रहित आधुनिक चुलो जडान गरिएको छ । उक्त टेन्टको भन्सार छुट प्रतिमुल्य १ लाख ११ हजार रुपैया परेको अध्यक्ष पन्तले बताएका छन् । नेपाल सरकारले भन्सार छुट गरेका टेन्टमा पार्टीसन गरेर ४ वटासम्म कोठा बनाएर प्रयोग गर्न सकिने बनाईएको छ । भुकम्प लगाएतका विभिन्न विपदहरुमा सबैभन्दा बढि जोखिममा सुत्केरी, गर्भवति महिला र अपाङ्कता भएका व्यक्तिहरु रहने भएको हुदा जोखिम न्युनिकरण गर्न उक्त टेन्ट वितरण गरिएको अध्यक्ष पन्तले बताए ।

नलगाड नगरपालिका ३ र ४ तथा रुकुमपश्चिमको आठवीसकोट नगरपालिका–११ का सुत्केरी, गर्भवति महिला र अपाङ्कता भएका व्यक्तिका ४०० परिवारलाई टेन्ट वितरण गरिएको हो । टेन्ट हस्तान्तरण गरिएका घरपरिवारलाई शौचालय निर्माण गरिदिनुको साथै सरसफाई सम्बन्धिका विभिन्न क्रियाकलापहरु संचालन गर्ने योजना रहेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले जनाएको छ । मन्त्री सिहले विपदको वेला जोखिममा रहेका वर्गलाई विशेष ध्यान दिनुपर्ने बताए । सुत्केरी, गर्भवति र शारीरिक अशक्तलाई चिसोबाट बचाउन गरिएको सहयोग सहनिय रहेको उनको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad