राजेन्द्र कार्की । जाजरकोट
भूकम्प प्रभावित क्षेत्रका संचारकर्मी, सञ्चारमाध्याम र दुरसञ्चारको अवस्था निरीक्षणको लागि जाजरकोट पुगेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा समक्ष १० बुँदे माग पत्र पेश गरिएको छ । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले भूकम्प प्रभावित पत्रकार र सञ्चारमाध्यामहरुको हितका लागि माग पत्र पेश गरेको हो । आईतबार महासंघका जिल्ला अध्यक्ष बालकुमार शर्माले मन्त्री शर्मालाई माग पत्र पेश गरेका हुन् ।
भूकम्पको संचार क्षेत्रमा परेको असर र यसको सामना गर्न सरकारका तर्फबाट उचित कदम चाल्न माग पत्र पेश गरेको अध्यक्ष केसीले जानकारी दिए । उनका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा समक्ष .भुकम्प प्रभावित क्षेत्रमा भुकम्पले प्रभावित संचार माध्याम सवैको पुर्नस्थापनाका लागि पुर्ननिर्माणमा आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, भुकम्प प्रभावित पत्रकारका गुमेका सामाग्रीहरु सहुलियत तथा अनुदानमा दिने या तत्काल प्रभावित पत्रकारहरुलाई टेन्ट संगै टुटेफुटेका संचार उपकरणहरु उपलव्ध हुने व्यवस्था गर्नु पर्ने माग गरिएको छ । भुकम्प प्रभावित क्षेत्रमा संचारमाध्यामहरुको नविकरण र रोयल्टि रकम सवै छुट गरिनु पर्ने, लोककल्याणकारी विज्ञापनका लागि भुकम्प प्रभावित क्षेत्रमा प्याकेजमा उपलव्ध गराइनु पर्ने, यस जिल्लाका विगतमा कोविड लगाए विभिन्न कारणले नविकरण नभएका सामुदायिक रेडियोहरुको नविकरण र रोयल्टि छुट गरि तत्काल नविकरण प्रक्रिया जिल्ला हुलाक कार्यालयबाटै हुने व्यवस्थापन गरिदिन अनुरोध गरिएको छ ।
भुकम्प पछि प्रभावित जिल्लाका सामुदायिक रेडियो , ,अनलाइन र पत्रिकालगाएतका संचार माध्यामहरुलाई निशुल्क विद्युत ,टेलिफोन र इन्टरनेटको व्यवस्था मिलाइनु पर्ने, पत्रकारहरुको दुर्घटना र स्वास्थ्य विमा नेपाल पत्रकार महासंघ केन्द्र मार्फत तत्काल मिलाइनु पर्ने, भुकम्प प्रभावित क्षेत्रको सूचना केन्द्रको रुपमा नेपाल पत्रकार महासंघ जाजरकोटको सूचना केन्द्र स्थापना गर्नमा आवश्यक उपकरण तथा इन्टरनेट र टेलिफोनको उचित व्यवस्था तत्काल गर्न आवश्यक सहयोग गर्नु पर्ने माग पत्रमा उल्लेख गरिएको छ ।
जिल्लाका विज्ञापनहरु स्थानीय मिडिया मार्फत दिने व्यवस्थापनमा नितिगत रुपमा मिलाउने प्रवन्ध गर्न र भुकम्प प्रभावित पत्रकारहरुको मनोपरामर्श शिक्षा तथा मनोविद मार्फत नया कार्यक्रममा व्यस्त बनाउने बातावरण तयार पार्नु पर्ने, नेपाल पत्रकार महासंघ जाजरकोटको भवन सार्वजनिक जग्गामा तत्कालिन जिल्ला विकास समितिको जिल्ला परिषदको निर्णय अनुशार स्थान तोकी खलंगा गाविस र पछि साविकको भेरी मालिका नगरपालिकाले स्थान तोकी भवन निर्माण भएको र भवनको शान्ती तथा पुननिर्माण मन्त्री सत्या पहाडीले शिलान्यास गर्नु भएको भवनको लालपुर्जा नहुदा विभिन्न समस्या आउने भएकोले महासंघको नाममा जग्गा भोगचलन गर्ने कानूनी सहजतामा मन्त्री ज्युको योगदानको अपेक्षा गरिएको अध्यक्ष शर्माले बताए ।
माग पत्र बुझ्नुहुँदै मन्त्री शर्माले सबै मागहरु सकारात्मक रहेकोले पुरा गर्नको लागि आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन । मन्त्री शर्माले भुकम्प प्रभावित क्षेत्रका संचार माध्यमलाई एक बर्ष सम्म निशुल्क इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धता गरेकी छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले विपदको समयमा पत्रकारहरुका साथमा नेपाल पत्रकार महासंघ रहेको बताए ।
जाजरकोट भूकम्पको कारण प्रभावित बनेका रुकुमपश्चिम र जाजरकोटका पत्रकारहरुले विपद्मा प्रशंसनिय भूमिका निर्वाह गरेको उल्लेख गदै उनले विपद्पछि थप क्षति हुन नदिन सकारात्मक सन्देश प्रवाह गरेको जनाए । कार्यक्रममा अध्यक्ष पोखरेलले प्रेस स्वतन्त्रताको उच्चतम् प्रयोग हुँदा विपद् पछिको अवस्थामा थप क्षति नहुने भएकोले भूकम्प प्रभावितस्थलबाट निर्धक्क भएर सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह गरे ।
पत्रकारहरुले आफू प्रभावित हुँदाहुँदै अतिरिक्त भूमिका निर्वाह गरेको, उद्धार र उपचारमा खटिएको कुरा आफैमा उदाहरणिय भएको समेत उनले बताए ।