March 1 - 2024, Friday१७ फाल्गुन २०८०, बिहीबार

जाजरकोटमा मृत्यु हुनेको संख्या १०१ कायम

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । प्रहरीले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो । जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष रोकामगरले प्रष्ट पारे ।
यसअघि नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको तथ्यांक प्रहरीले दिएको थियो । अहिले नलगाडमा ५१ जनाको मृत्यु भएको संख्या यकिन भएको डिएस्पी रोकामगरले बताए । उनले भने, ’हामीले प्रारम्भिक तथ्यांकअनुसार १५७ मृतक घोषणा गरेका थियौं । तर अहिले सबैतिरबाट भेरिफाइ गरेपछि केही नाम र ठेगाना भएको मृतकहरू दोहोरिएकाले मृतक संख्या घटेको हो ।’

डिएस्पी रोकामगरका अनुसार नलगाड नगरपालिका ८ की सरिता सिंह, नलगाड ७ का रेगम सिंह, नलगाड १२ की मिना बिष्टको नाम दोहोरिएको हो ।

त्यस्तै टेकबहादुर पुनको व्यक्ति एउटा मात्र रहेका तर नाम दुई हुँदा संख्या दोहोरिएको थियो । जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । त्यस मध्ये २८ महिला १४ पुरुष छन् । जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको हो ।

त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा १ सय ५३ मात्र निश्चित भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । सवै नाम र ठेगानाको भेरीफाई गर्दा हालको संख्या काम भएको प्रजिअ सुनारले बताए । यस अघि १ सय ५७ जनाको मृत्यु भएको प्रहरी र स्थानिय प्रशासन आफैले पुष्टि गरेको थियो । हाल मृत्यु हुनेमा ९७ महिला र ५६ पुरुष गरि एक सय ५३ जना मृतको संख्या कायम भएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad