December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

पिडितले जव राष्ट्रपतिलाई गुनासो सुनाए अनि थप उपचारका लागि लगे काठमान्डौ

राजेन्द्र कार्की । जाजरकोट

राष्ट्रपति रामचन्द्र पौडेल भुकम्प प्रभावित जाजरकोट खलंगामा मंगलवार मध्यान्न हेलिकोप्टरमा उत्रिए । भुकम्पका घाईते भेटन अस्पताल पुगेका राष्ट्रपति समक्ष भुकम्पमा परि घाइते भएका नलगाड नगरपालिका ३ का वीरु पुनकी छोरी ललिताले मेरो बुवाको उपचारमा बेवास्ता भयो । अहिले पनि उभिन सक्नु हुन्न ढाडमा चोट लागेको छ । यसरी कति दिन बस्ने । सुविधा सम्पन्न अस्पतालमा लिन सकेको भए थप उपचार गर्न सकिन्थ्यो कि भनेर गुनासो पोखिन ।

राष्ट्रपति पौडेलले साथमै रहेका उपप्रधानमन्त्री पुर्णबहादुर खड्का र उर्जा मन्त्री शक्ति बस्नेतलाई तत्काल विरुको उपचारको ब्यवस्था मिलाउन आग्रह गरेर अरु विरामीलाई भेटे । उपप्रधानमन्त्री खड्काले विरु कि छोरीको फोन नम्बर टिपेर लिए । खड्काको निर्देशनमा सेनाको हेलिकोप्टरले विरुलाई सुर्खेत लिएर गयो ।

अस्पतालमै जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पको क्षति, उद्धार र राहत वितरणमा भैरहेका कार्यहरु बारे व्रिफिङ्ग गरे । त्यस लगत्तै भुकम्पले क्षतविक्षत भएको सदरमुकाम खलंगाको माथिल्लो थाप्लेमा करीब २० मिनेट पैदलै हिडेर अवलोकन गरे । पिडितहरुले आफुहरुलाई पुर्नवासको ब्यवस्था गरिदिन आग्रह गरे । भेरी नगरपालिका ३ का भुकम्प पिडित प्रकाश शाहले घर पुरै भत्किएकोले बनाउने ब्यवस्था मिलाउन आग्रह गरे । राष्ट्रपति पौडेलले भुकम्प विपत्तीको बेलामा कोही छैन भनेर नआत्तिन भूकम्प पीडितसँग आग्रह गरे । उनले सबै मिलेर विपद्को सामना गर्नु पर्नेमा जोड दिदै प्रभावित क्षेत्रमा पुर्ननिर्माण र पुर्नवासको आवश्यकता रहेको उल्लेख गरे ।

राष्ट्रपतिले पौडेलले आफू विगतमा झाडापखालाको महामारी हुँदा यस क्षेत्रका जनतासँगै रहेको प्रसंग उल्लेख गर्दै विनाशकारी भूकम्पको विपत्तिमा दुःख परेको बेलामा पनि स्थानीयको साथमा रहेको बताए । ‘यो दुर्भाग्यपूर्ण र प्राकृतिक विपद्को दुःखद घटना हो, तपाईहरूको दुःखमा साथै रहन र राहत र उद्दारमा भइरहेका कामहरूको अवस्था बुझ्न साथै यहाँको अल्पकालिन र दिर्घकालिन पुर्नस्थापनाको प्रबन्धलाई प्रभावकारी बनाउनपर्छ भनेर यहाँ आएको हुँ,’उनले भने ।
उनले स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दिर्घकालिन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा अहिले नै सोचेर काम थाल्न आग्रह गरे ।

त्यसपछि उनी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत,जाजरकोटका प्रदेश सदस्य राजिव विक्रम शाह, ,प्रधानसेनापति प्रभुराम शर्मा लगायतको टोली लिएर भुकम्पको केन्द्रविन्दु रहेको बारेकोटको रामीडाँडा गए । त्यहाँ पनि पिडित परिवार सँग भेटघाट गरे । पिडित परिवारले राहत नपाएको गुनासो सुने । नागरिकलाई आश्वस्त पारे । त्यसपछि रुकुमको आठविसकोट गए । त्यहाँ पनि गुनासो सुने । आश्वस्त पारे । त्यहाँबाट पश्चिम रुकुमको मुसिकोट पुगेर जानकारी लिए । निर्देशन दिएर फर्किए । फर्किने क्रममा सुर्खेत पुगेर यस अघि नै अर्को हेलिकोप्टरबाट सुर्खेत पुरयाईएका विरुलाई राष्ट्रपतिले आफु चढेको हेलिकोप्टरमा राखेर काठ्मान्डौ पुरयाए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad