September 25 - 2023, Monday७ आश्विन २०८०, आईतवार

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी ४ बर्ष पछि पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा सवारी ज्यान मुद्धाका एक फरार प्रतिवादी चार बर्ष पछि पक्राउ परेका छन् । भेरी नगरपालिका ३ स्याला निवासी २० बर्षिय राजेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको हो । घरमै लुकिछिपी बसेको अवस्थामा अस्थायी प्रहरी पोष्ट स्यालाबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतमा उपस्थित गराई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । २०७५ साल कार्तिक २३ गते बस चलाउने क्रममा गाडीबाट खसेर एक जना यात्रुको मृत्यु भएको थियो । उनी त्यस बसका चालक हुन् । यात्रुकको मृत्यु भएपछि फरार रहेका उनलाई सवारी ज्यान सम्बन्धी मुद्धा चलाईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad