बजेट सक्न मध्य असारमा रनिङ शिल्ड

राजेन्द्र कार्की । जाजरकोट

मध्य असार । दिनदिनै झरी परिरहेको छ । झरीले खेलकुद संचालनमा असर गर्छ भन्ने थाह पाउँदा पाउँदै पनि बजेट सक्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवार देखि खलंगामा संचालन गरिएको छ ।

रातोमाटो भएको त्रिभुवन मावि खलंगाको खेलमैदानमा बर्षातका कारण खेल हुन नसकेपछि विहिवार देखि भेरीत्रिवेणी मावि रिम्नामा खेल खेलाउन थालिएको छ । स्थान परिवर्तन गरेरै भएपनि खेल संचालन गरिएको छ ।खेलाडीलाई आउजाउमा समस्या भएको छ । बर्षातले बाटोघाटो बन्द छ । यस्तो बेला किन खेल गर्नु परेको होला एक खेलाडीले गुनासो गरे ।

bhumi-sanrakshyan

दोस्रो दिनको खेलमा नौ स्वर्ण सहित भेरी पहिलो र सात स्वर्ण सहित शिवालय गाँउपालिकाले दोस्रो स्थानमा रहेका छन् । खेलाडीलाई हौसला दिन शिवालय गाँउपालिकाका अध्यक्ष शेरबहादुर शाही खेलमैदानमै पुगेका थिए । अन्य पालिकाका प्रमुखले वेवास्ता गरेपनि शिवालयले भने निकै महत्व दिएको देखिन्छ । अध्यक्ष शाहीले भलिबल खेलको समेत उद्घाटन गरेका थिए । चार ओटा पालिका सहभागी पालिका स्तरीय रनिङ शिल्डमा फिल्ड तथा ट्रयाकका एथेलेष्टिक अन्र्तगतका विभिन्न खेलकुदका साथै भलिबल र कपर्दी खेल संचालन हुने शिवालय गाँउपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख शिक्षा अधिकृत मानबहादुर बस्नेतले बताए । सवै इभेन्टमा छात्र छात्राको छुट्टा छुट्टै प्रतिस्पर्धा हुनेछ ।

१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ उद्घाटन सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम राष्ट्रिय सभा सदस्य भैरब सुन्दर श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।
जिल्ला स्थित सम्पुर्ण राजनीतिक दलका प्रतिनिधि , भेरी नगरपालिका कावा प्रमुख सिता जैसी, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही , विभिन्न कार्यलयका प्रमुख प्रतिनिधि को उपस्थित रहेको थियो ।


यसै गरि उनिहरुले आ– आफ्नो क्षेत्र बाट खेल बिकास को लागी पहल गर्ने प्रतिबद्धता सहित कार्यक्रम सफलता को शुभकामना ब्यक्त गरेका थिए । समापन को क्रममा बोल्दै जिल्ला खेलकुद बिकास समिती का अध्यक्ष नर बहादुर बस्नेतले खेल प्रति संम्बन्धित निकायमा पटकपटक भन्दा पनि सकारात्मक नभएको गुनासो गरेका थिए । मठ मन्दिर निर्माण गर्नका लागी लाखौं र करोडौं को बजेट बिनियोजन गरेको तर आम युवा र जिल्ला को प्रतिष्ठा जोडिएको खेल क्षेत्र लाई व्यवस्था गरिएको ले खलाडी हरुको भबिस्यमा लात हानेको आरोप लगाए । बजेट सक्न नभई खेलुकदको विकासका लागि यस्ता प्रतियोगिता हुनु पर्ने अध्यक्ष बस्नेतको भनाई छ । बजेट ढिलो निकासा भएको यस अघि चुनावका कारण शिल्ड संचालन गर्न नसकिएको उनको भनाई छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya