राजेन्द्र कार्की । जाजरकोट
बैकिङ्ग प्रणालीबाट सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्थाले जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला लगायतलाई निकै सास्ती हुन थालेपछि जाजरकोटको शिवालय गाँउपालिकाले आगामी साउन देखि वडामै सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था मिलाउने जनाएको छ ।
भौगोलिक विकटता, यातायातका साधनका अभाव लगायतका कारणले बैक सम्म पुगेर भत्ता लिन निकै सकस परेपछि शिवालय गाँउपालिकाले निति तथा कार्यक्रम मार्फत आगामी आर्थिक बर्ष देखि आवश्यक प्रक्रिया पुरयाएर वडा तथा गाँउ तहमै भत्ता वितरणको ब्यवस्था मिलाईने गाँउपालिका अध्यक्ष शेरबहादुर शाहीले बताए ।

सेवा प्रदायक सम्बन्धित बैक सँग आवश्यक समन्वय गरि अन्य प्रशासनिक जटिलता हल गरेर जेष्ठ नागरिक र अपाङ्गलाई सुलभ तरीकाले भत्ता उपलब्ध गराउने गरि प्रक्रिया थालिएको अध्यक्ष शाहीले बताए । दुरुपयोग नहोस भनेर सामाजिक सुरक्षा भत्ता सम्बन्धित ब्यक्तिको बैक खातामा जम्मा गर्ने गरिएको छ । तर रकम निकाल्दा स्वम ब्यक्ति नै आउनु पर्ने बाध्यकारी नियमका कारण धेरैले दुःख पाउने गरेको गुनासो आउने गरेको छ । सोही गुनासोलाई मध्य नजर गदै गाँउमै भत्ता पुरयाउने ब्यवस्था मिलाउन थालेको अध्यक्ष शाहीको भनाई छ ।
त्यसैगरी निति तथा कार्यक्रममा समृद्ध शिवालय, सुखी शिवालयवासी बनाउन शिक्षालाई सीप सँग, सीपलाई श्रम सँग, श्रमलाई रोजगारी सँग र रोजगारीलाई शिवालय गाँउपालिकाको निर्माणको एजेन्डा सँग जोडन पहल गर्ने उल्लेख छ ।
अध्यक्ष शाहीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कृषि र पशुपालनमा जोड दिने, शिवालयलाई विउमा आत्मनिर्भर बनाउन कृषकलाई आवश्यक अनुदानको ब्यवस्था गर्ने, उपाध्यक्ष सँग सुत्केरी महिला कार्यक्रम संचालन गर्ने, सुशासनलाई जोड दिने, शिक्षाको गुणस्तर अभिबृद्धि गर्ने लगायतका थुप्रै लोकप्रिय कार्यक्रम प्रस्तावित गरिएको छ । त्यस्तै सिंचाई, खानेपानी, विद्युत, सडक यातायात लगायतका पुर्वाधार विकासमा समेत जोड दिईएको छ ।
शिवालय गाँउपालिकाको १० औ गाँउसभामा अध्यक्ष शेरबहादुर शाहीले पेश गरेको निति तथा कार्यक्रमको पुर्णपाठः नीति तथा कार्यक्रम २०७९ shibalaya


