सहदेव बस्नेत । जाजरकोट
पहाडी साना किसानका लागी अनुकुलन आयोजना –आसा ) जिल्ला समन्वय इकाई जाजरकोटद्वारा एक सय ३० घरधुरीलाई घरायसी सौर्य सोलार बितरण गरिएको छ ।
जिल्लाको छेडा नगरपालिका – ९ पजारुमा पुर्ण अनुदानमा १ सय ३० घर धुरीलाई सोलार बितरण गरिएको हो । उक्त सोलार बितरणकार्यक्रममा आशा आयोजना जाजरकोटका संयोजक सुशील प्रसाद पोखरेलले लापा समुहलाई सोलार सेट को उपयागिा वारे प्रस्ट पार्नु भएको थियो । उक्त अवसरमा आसा परियोजनाका अनुगमन मुल्यांकन अधिकृत लोक प्रसाद गौतमले सामागीको उपयोगिता र यसले वातावरण संरक्षणमा पार्ने प्रभावको वारे भनाई राख्नु भएको थियो ।
प्रती घर १४ हजारका दरले १८ लाख २० हजार वरावरको अनुदानमा सोलार उपलव्ध गराइएको हो । जलबायु परिवर्तन को असर र प्रभाव लाई काम गर्न का साथै सरकारको उज्यालो कर्नाली अभियानमा सहयोग पुराउन मद्दत पुग्ने कुरा अनुगमन मुल्यांकन अधिकृत लोक प्रशाद गौतमले ले बताउनु भयो ।
बितरण कार्यक्रममा वडा अध्यक्ष गोपाल बि क , लापा समुहका सदस्यहरुको सहभागिता रहेको थियो । उक्त अबसरमा लाभन्बित घरधुरी, लापा समुहद्वारा बितरित सामाग्रीको संख्या , सामाग्रीको गुणस्तर , सामाग्रीको समुचित प्रयोग वारे जानकारि गराइएको थियो ।
आशा आयोजनाले जलबायु परिवर्तनको असर, प्रभावको न्यूनीकरण र अनुकुलको क्षेत्रमा जिल्लामा काम गर्दै आइरहेको छ । । जसन्तर्गत संकटकासन्न परिवारको जिबिकोपर्जनमा सहयोग तथा भौतिक पुर्बाधार निर्माण कार्य मुख्य रहेका छन ।
आशा आयोजनाले जलबायु परिवर्तनको असर, प्रभावको न्यूनीकरण र अनुकुलको क्षेत्रमा काम गर्दछ । जसन्तर्गत संकटकासन्न परिवारको जिबिकोपर्जनमा सहयोग तथा भौतिक पुर्बाधार निर्माण कार्य गर्दै आइरहेको छ । उक्त अवसरमा जलबायु परिबर्तन बिज्ञ सन्जित कन्डेल , ईन्जिनियर राम प्रसाद पोखरेल लगायतको सहभागिता रहेको थियो ।


