राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा रेडपाण्डाको छाला सम्बन्धी मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कुशे गाँउपालिका ८ बस्ने आशिष भनिने सिसपाल रोकाय पक्राउ परेका हुन् ।
जिल्ला अदालत जाजरकोटले गत माघ १८ मा निज रोकायलाई दुई लाख पचास हजार जरिवाना सजाय तोकेको थियो । तर उक्त जरिवाना रकम नतिरी उनी फरार भएका थिए । प्रहरीले पक्राउ गरि विहिवार जिल्ला अदालतबाट कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


