शव गन्हाएपछि मात्र घटना बारे खुलासा
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका १ चिउरी निवासी ४२ बर्षिय भगवति शाहीको हत्या भएको छ । श्रीमान लेकबहादुर नेपालीले श्रीमतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
हत्या भएको एक साता पछि मात्र उक्त घटना सार्वजनिक भएको हो । चिउरीको जंगलमा एक महिलाको शव गन्हाउने अवस्थामा रहेको भनेर स्थानिय गाँउलेहरुले खवर गरेपछि प्रहरीले शुक्रवार भगवतिको मृत शरिर फेला पारेको थियो । गत असार ५ गते भएको घटना १० गते मात्र थाह भएको थियो । लेकबहादुुरले गत असार ५ गते विहान घरमा कोही नभएको मौका छोपी श्रीमतिलाई कुटपिट गदै लखेट्दै जंगलतिर लगेको त्यही नजिकैको भीरालो जंगलमा भीरबाट खसाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले बताए । हत्यामा संलग्न श्रीमान लेकबहादुरलाई नियन्त्रणमा लिईसकिएको उनले बताए ।
लेकबहादुर नेपाली र भगवति शाहीले माओवादी शसस्त्र द्धन्दको समयमा २२ बर्ष अघि संगै मर्ने सँगै बाँच्ने कसम खाएर अन्र्तजातिय विवाह गरेका गरेका थिए । दुवै माओवादी सशस्त्र द्धन्दमा होमिएका कारण पनि उनीहरुको प्रेम सम्बन्धलाई कसैले औला ठड्याउन पाएका थिएनन् । दुःखजिलो गरेर घरब्यवहार चलाएकै थिए । माइती पक्षले उक्त विवाहलाई स्वीकार गरेका थिएनन् । छोरीलाई मात्र घरमा बोलाउँथे, जुवाईलाई बोलाउँदैन । कथित माथिल्लो जात भनिने ठकुरीकी छोरी थिईन भगवति । लेकबहादुर दलित थिए । त्यही विषयमा उनीहरु विच बेलाबेला ठाकठुक भैरहन्थ्यो । लेकबहादुर बेरोजगार थिए । उनीहरुका एक छोरा एक छोरी छन् ।
बेरोजगार भएकै कारण घरब्यवहार चलाउन समस्या भएपछि उनीहरु विच मनमुटाब पनि बढ्दै गएको थियो । पछिल्लो केही बर्ष यता लेकबहादुर धेरै जाँडरक्सी पिएर श्रीमति कुट्ने गर्दथे ,जिल्ला प्रहरी प्रमुख डिएस्पी निरौलाले भने–‘अनुसन्धानकै सिलसिलामा मृतकका पति लेकबहादुर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम गरिरहेका छौ । उनले भीरबाट आफै लडेको बनाउन । घटनास्थललाई सोही अनुसारको बनाउन खोजेको पनि देखिएको छ । मृतकका कपडा, चप्पल लगायतका सवै कुराको अवस्था हेर्दा श्रीमानले नै हत्या गरेर घटनालाई टुइट गर्न खोजेको देखिन्छ । डेथ बडीलाई जिल्ला अस्पताल ल्याएर पोष्र्टमार्टम गरिएको छ ।’ मृतकको घर र सव ५० देखि एक सय मिटरको दुरीमा रहेको छ । सव गन्हाउने अवस्था सम्म पुग्दा पनि कुनै खोजतलास नगर्नु र प्रहरीलाई पनि खवर नगर्नुले पनि श्रीमानकै संलग्नताको पुष्टि हुन्छ डिएस्पी निरौलाले भने । लेकबहादुरलाई अनुसन्धानका लागि जिल्ला अदालतले एक हप्ताको म्याद दिएको छ ।


